कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य कार्यक्रम

चितवन, माघ २ –
उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ ।
महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको आठौं दिन भोलि माघ ३ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
महोत्सव सांस्कृतिक कार्यक्रम समितिका संयोजक नारायण प्रधानका अनुसार भोलि दिउँसो ३ः०० बजेपछि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती रहने छ ।
११ः३० बजेपछि (E-STABDHA / ARYAN & THE CLUSTER) को लाइभ ब्याण्ड र जादुगर बलराम सरकारको प्रस्तुती रहने छ । यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, नेपाल दराइ उत्थान कावासोती, प्रतिभा मञ्च – २०८१ विजेता चितवन, थारु कल्याणकारी सभा चितवन, नेपाल चेपाङ् संघ चितवन, नेपाल कुमाल समाजको प्रस्तुती रहने छ । यसै गरी लोक संस्कृति तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नारायणगढले लाखे नाच समेत प्रस्तुत गर्ने छ ।
पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ । फुड फेस्बिटलमा समेत विविधि सांस्कृतिक कार्यक्रम भइरहेको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]