Listen Live: 

खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

Radio Chitwan
सोमवार, पुस २९, २०८१

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरेको खिचरा महोत्सवको उनले एक भब्य समारोहकी बीच उद्घाटन गरेका हुन् । सो अबसरमा उनले थारु संस्कृति पर्यटन विकासको आधार रहेको बताए । थारु संस्कृति मार्फत पर्यटन विकास गर्ने थुप्रै आधारहरु रहेको भन्दै त्यसका लागि प्रदेश सरकारले योजना बनाएर काम गर्ने बताए । मुख्यमन्त्री लामाले खैरहनीमा निर्माण गरिएको थारु संस्कृति संग्रहालय सञ्चालनको लागि आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्ने बताए । मुख्यमन्त्री लामाले खैरहनीमा अलपत्र परेको चित्स्यान केन्द्र सञ्चालनको लागि पहल गर्ने बताए । कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य बासुदेव चौधरीले थारु संस्कृति संरक्षणको लागि तीनै तहका सरकार सकरात्मक हुनुपर्ने बताए । थारु संस्कृतिलाई पर्यटनसंग जोडेर आर्थिक उपार्जनको मध्यम बनाउन सकिने भन्दै उनले यसका लागि सरकारको सहयोग आवश्यक रहेको बताए । उनले थारु समुदायको राजनीतिक अधिकार स्थापित हुन नसकेको भन्दै उनले मुलुकका प्रमुख राजनीति दल थारु समुदायप्रति उदारबादी हुनुपर्नेमा जोड दिए । आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले थारु संस्कृति जोगाउन हरेक बर्ष खिचरा महोत्सव आयोजना गर्दै आएका बताए । १५० वटा स्टल रहेको सो महोत्सव परिसरमा थारु समुदायको परम्परागत खाना घोंगी, चिचर र कृषि उत्पादनमा थारु समुदायले प्रयोग गर्ने हलगोरुको प्रतिमा निर्माण गरिएको उनले बताए । माघ ७ गते सम्म चल्ने महोत्सवमा थारु समुदायका परम्परागत खानाका परिकारको प्रर्बद्धनमा जोड दिइएको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान। बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान “भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त महोत्सव चितवन जिल्लाकै पहिलो साँकृतिक एवं व्यापारिक र आफ्नै विशेषता र महत्व रहेको आयोजक संस्थाका पूर्व अध्यक्ष नारायण महतोले बताए । थारु कल्याणकारिण सभा केन्द्रीय पार्सद चन्द्राकुमारी चौधरीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा बागमती प्रदेशका वन तथा बाताबरण मन्त्री कृष्ण सिलबाल, प्रदेश सभा सांसदहरु जगन्नाथ थपलिया, कृष्णप्रसाद खनाल, माया श्रेष्ठ, खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया, बागमती प्रदेशका पूर्वमन्त्री दावादोर्जे लामा, खैरहनी नगरपालिकाकी उपमेयर कमला उप्रेती, माडी नगरपालिकाका उपमेयर खेमप्रसाद महतो, थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललीतकुमार चौधरी, खैरहनी वडा नं ५ का वडाध्यक्ष छत्रनाथ सुवेदी, नेपाली काँग्रेसका नगर अध्यक्ष गुणराज श्रेष्ठ, एमालेका नगर अध्यक्ष पूर्ण बहादुर डल्लाकोटी, खैरहनी उद्योग बाणिज्य संघका अध्यक्ष कुमार खनाल लगायतले मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रम महोत्सव मुल समारोह समितिका संयोजक चौधरीको अध्यक्षतामा भएको थियो । नेपाल पर्यटन बोर्ड र उद्योग वाणिज्य संघ खैरहनी प्रवद्र्धकको रहेको सो महोत्वको संरक्षकमा खैरहनी नगरपालिका, थारु कल्याणकारिणी सभा, जिल्ला कार्यसमिति चितवन रहेका छन् । महोत्सव सुरु हुनुपूर्व खैरहनीमा भब्य शोभायात्रा निकालिएको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram