Listen Live: 

रत्ननगर वाङ्मय प्रतिष्ठानको स्थापना दिवस : दुई जना कवि तथा लेखक पुरस्कृत  

Radio Chitwan
आइतवार, पुस २८, २०८१

रत्ननगर । पूर्वी चितवनको रत्ननगरका दुई जना लेखक तथा साहित्यकारलाई पुरस्कृत गरिएको छ । रत्ननगर वाङ्मय प्रतिष्ठानको प्रथम स्थापना दिवस तथा १४१ औँ लेखनाथ जयन्तीको असर पारेर रत्ननगर निवासी लेखक तथा साहित्यकार ज्ञानु अधिकारी र कल्पना अधिारीलाई दुई छुट्टाछुट्टै विधामा पुरस्कृत गरिएको हो । ज्ञानु अधिकारीलाई कृति पुरस्कार अन्तर्गत नगद ३० हजार सहित पुरस्कृत गरिएको हो । उनको निबन्ध संग्रह समवेदनाको समायोगलाई पुरस्कृत गरिएको हो । त्यसैगरी रत्ननगरकै कल्पना अधिकारीलाई रत्ननगर वाङ्मय प्रतिभा पुरस्कार प्रदान गरिएको हो छ । सो पुरस्कारको रासी २० हजार रूपैया रहेको छ । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक र प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले नगर पुरस्कार सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । मेयर सापकोटाले धर्म, कला संस्कृतिको संरक्षणले मात्र असल समाज निर्माणको मार्ग कोर्न सकिने बताए । उनले समाज रुपान्तरणको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न साहित्यकारहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा साहित्यकार डा.एकनारायण पौडेल र साहित्यकार कपिल अज्ञातले सम्मानित लेखक ज्ञानु अधिकारी र कल्पना अधिकारीले साहित्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । सोही अबसरमा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय लघुकथा प्रतियोगिता र अन्तर मावि निबन्ध प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने लेखक, साहित्यकार र विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका सदस्य तिलकराज शर्मा पौडेलले जानकारी दिए । राष्ट्रिय लघुकथा प्रतियोगितामा प्रथम भएका काठमाडौंका राजु सायमीलाई २० हजार, द्धितीय भएका हेटौडाका किसन पौडेललाई १५ हजार र तृतीय भएका भक्तपुरका मनिषकुमार शर्मालाई १० हजार रूयैया पुरस्कार प्रदान गरिएको छ । साहित्यकार यमुना न्यौपानेले उनीहरुको साहित्यिक योगदानको बारेमा बोलेकी थिइन् । अन्तर मावि निबन्ध प्रतियोगितामा छात्रा तर्फ एकता शिशु निकेतनकी अनुष्का पाठक प्रथम, झुवानी माविकी अंकिता गौतम र न्यू क्यापिटल कलेजकी करिना ढकाल द्धितीय र वबिना घर्ती तृतीय भएका थिए । त्यसैगरी छात्र तर्फ एकता शिशु निकेतनका देव आचार्य प्रथम, सगरमाथा आमाविका स्वस्तिक अधिकारी द्धितीय र बुद्धज्योति आमाविका युगसम्राट पंगनी तृतीय भएका थिए । उल्लेखित दुईवटै प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः ७ हजार ५००, ५ हजार र २ हजार ५०० नगद पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका सदस्य सचिव विश्वनाथ खनालले जानकारी दिए । कार्यक्रममा साहित्यकार चेतराज रेग्मीले कवि तथा शिरोमणि लेखनाथ पौडेलले नेपाली साहित्यको विकासमा पुरयाएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा रत्ननगर नगरपालिका उपमेयर यादव प्रसाद पाठक, संविधान सभा सदस्य शेषनाथ अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, विज्ञ सल्लहाकार रामहरि न्यौपाने, भरतपुर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष इन्द्रप्रसाद रेग्मी, चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनाल, समालोचक डिआर पोखरेल, कपिल अज्ञात, रत्ननगरका वडाध्यक्ष र कार्यपालिका सदस्य तथा जिल्लाका कवि तथा साहित्यकारहरुको सहभागिता रहेको थियो । प्रतिष्ठानका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएका कार्यक्रममा प्रतिष्ठानका सदस्य तिलकराज शर्मा पौलेलले स्वागत मन्तव्य तथा सदस्य सचिव विश्वनाथ खनालले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा एक दर्जन बढी कवि तथा साहित्यकारहरुले रचना बाचन गरेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram