Listen Live: 

रत्ननगरमा महिलाहरुद्धारा सञ्चालित जनप्रिय कृषि सहकारीको तेस्रो साधारण सभा सम्पन्न

Radio Chitwan
शनिबार, पुस २७, २०८१

रत्ननगर । रत्ननगर नगरपालिका वडा १३ मा  रहेको महिलाहरुद्धारा सञ्चालित श्री जनप्रिय कृषि सहकारी संस्था लिको तेस्रो साधारण सभा शनिवार सम्पन्न भएको छ । सो साधारण सभाको प्रमुख अतिथिमा रत्ननगर नगरपालिका वडा नं. १३का वडा अध्यक्ष पोट वहादुर घिमिरे रहनु भएको थियो ।

साधारण सभामा मन्तव्य राख्नु हुदै वडा अध्यक्ष घिमिरेले सहकारीको बृहत्तर विकासका लागि सबैको सहयोग, सल्लाह, सुझावका साथ अगाडी बढने बताउनु भयो । उहाँले सहकारीमा आवद्ध सदस्यहरुको जीवनस्तर उकास्नका लागि वडाका तर्फबाट व्यवसायीक कृषिका लागि आवश्यक बजेट विनियोजन गरिने बताउनु भएको छ  । भने कृषिले अर्थतन्त्रलाई उकास्ने भएकाले सहकारीका माध्यमबाट किसानलाई व्यवसायीक बनाईनु पर्ने उहाँको सुझाव थियो ।

सहकारीका सल्लाहाकार समिति संयोजक प्रकाशबाबु खनाले सहकारीमा आवद्ध सदस्यहरुको जीवनस्तर उकास्ने खालका कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो । उहाँले विगतलाई स्मरण गर्दै किसानको समस्या पहिचान गरि किसान लक्ष्ति कार्यक्रम गर्न सहकारीलाई सुझाव दिनु भएको छ ।  

साधारण सभामा संस्थाकी अध्यक्ष उमाकुमारी सापकोटाले संस्थाको २०८०÷०८१ को प्रतिवेदन र आगामी वर्षको अनुमाति बार्षिक प्रतिवेदन , लेखा समितिका संयोजक शान्ता खत्री भट्टले लेखा प्रतिवेदन, कोषाध्यक्ष पध्मादेवी पौडेलले आर्थिक प्रतिवेद पेश गर्नु भएको सहकारीका व्यवस्थापक प्रकाश शाहले जानकारी दिनु भएको छ ।  

कार्यक्रममा संस्थाको विभिन्न कारोबारमा उल्लेख्य योगदान गर्ने ५ जना उद्यमीहरु (डेरी सञ्चालक) मिसन ढकाल , रमेश गौतम , सरोज कोइराला ,सन्जु पाठक र कृष्ण लामिछानेलाई दोसल्ला ओढाएर मायाको चिनोले सम्मान गरिएको थियो  । यसैगरी सबैभन्दा बढी दुध उत्पादन गर्ने किसान उमा कुमारी सापकोटा, कमला पाण्डे, यज्ञकुमारी पन्त,पवित्रा न्यौपानेलाई दोसल्ला र मायाको चिनोको साथमा सम्मान गरिएको थियो । 

८८ जना सेयर सदस्य रहेका सो सहकारीले दुध संकलन र बिक्री बितरण गर्दै आएको संस्थाकी अध्यक्ष सापकोटाले बताईन । हाल सहकारीमा मासिक १८ हजार लिटर दुध संकलन हुदै आएको र दैनिक ४० जना किसानहरुको दुध संकलन हुने उनले वताईन । 

सल्लाहाकार समिति सदस्या पार्वती घिमिरेले स्वागत मन्तवय राख्नु भएको सो साधारण सभाको सञ्चालन सचिव सुनिता बगाले पौडेलले गर्नुभएको थियो । भने सहकारीकी अध्यक्ष सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram