Listen Live: 

खिचरा महोत्सव पौष २९ गतेबाट ः मुुख्यमन्त्रीले उद्घाटन गर्ने

Radio Chitwan
शनिबार, पुस २७, २०८१

खैरहनी । पूर्वी चितवनको खैरहनीमा यही पौष २९ गतेबाट सुरु हुने दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको छ । महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री बहादुुर सिंह लामाले उद्घाटन गर्ने महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए । थारु समुदायको महानपर्व माघीको अबसर पारेर हरेक बर्ष खैरहनी वडा नं ५ गौचरणमा खिचरा महोत्सव हुँदै आएको छ । थारु संस्कृति जोगाउन आयोजना गरिदै आएको खिचरा महोत्सव पछिल्लो समय शाझा सम्पतीको रुपमा विकास भएको संयोजक चौधरीले बताए । १५० वटा स्टल रहने सो महोत्सव परिसरमा थारु समुदायको परम्परागत खाना घोंगी, चिचर र कृषि उत्पादनमा थारु समुदायले प्रयोग गर्ने हलगोरुको प्रतिमा निर्माण गरिएको संयोजक चौधरीले बताए । माघ ७ गते सम्म चल्ने महोत्सवमा थारु समुदायका परम्परागत खानाका परिकारको प्रर्बद्धनमा जोड दिइएको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान। बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान “भन्ने मुल नाराका साथ आयोजना हुने यस वर्षको खिचरा महोत्सवलाई सभ्य, भव्य र सफलतापूवर्क सम्पन्न गर्नका लागि २० वटा विभिन्न समितिहरु गठन गरिएको छ । चितवन जिल्लाकै पहिलो साँकृतिक एवं व्यापारिक महोत्सवको रुपमा आयोजना गरिएको महोत्सवको आफ्नै विशेषता र महत्व रहेको आयोजक संस्थाका पूर्व अध्यक्ष नारायण महतोले खिचरा महोत्सव थारु समुदायको कला, संस्कृति, भेषभुषा प्रवद्र्धन गर्ने महत्वपूर्ण ब्राण्ड बनेको बताए । महोत्सवलाई चितवनबासी थारु समुदायले मात्र नभई देशभर रहेका थारु समुदायले नै गर्वको रुपमा लिने गरेको भन्दै उनले थारु समुदायको साँस्कृतिक वर्ष, भेषभुषा, भाषाको संस्कृतिको संरक्षण गर्नु प्रमुख उद्देश्य रहेको बताए । खिचरा महोत्सबमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादिन बस्तुको प्रवद्र्धन गराउन १५० वटा स्टल रहने छ । यस्तै महोत्सवका स्टलहरुमा थारु जातिका साथ–साथै विभिन्न जातिका खानाका परिकारहरु रहने छन् । यस्तै शैक्षिक, वित्तीय संस्था, विभिन्न संघसंस्थाहरुको स्टलहरु समेत रहने छन् । महोत्सवमा थारु समुदायको ब्रहमबान, परेवाको घर, परम्परागत सामग्रीहरु सहितको बारु मिनी गाउँ परिसर, घोंगी र पोकाको विशाल प्रतिमा प्रदर्शनीमा रहने छ । थारु समुदायको मुख्य परिरकार घोंगी र चिचरको विशाल आकृती सबैको आकर्षणको केन्द्र बन्न्ने गरेको छ । महोत्सबमा विभिन्न जातजातिका परम्परागत भेषभुषा सहित साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । पत्रकार सम्मेलनका प्रमुुख अतिथि थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य बासुुदेव चौधरीले थारु समुुदायको अस्थित्व जोगाउन महोत्सव आयोजना गरिएको बताए । संस्कृति हराए पहिचान मेटिन्छ उनले भने महिचान मेटिए अस्थित्व हराउछ । नेपाल पर्यटन बोर्ड र उद्योग वाणिज्य संघ खैरहनी प्रवद्र्धकको रहेको सो महोत्वको संरक्षकमा खैरहनी नगरपालिका, थारु कल्याणकारिणी सभा, जिल्ला कार्यसमिति चितवन रहेका छन् । आयोजक संस्थाका सचिव सुनिल चौधरीले सञ्चालजन गरेको कार्यक्रममा थाकसकी केन्द्रीय पार्षद चन्द्राकुमारी चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram