कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन महोत्सवलाई आज हेमन्त शर्मा र एलिना चौहानले तताउँदै, म्याग्नेट सोलको ब्याण्डसँगै बलरामको जादु पनि

चितवन, पुष २६ –
१५ औं संस्करणको चितवन महोत्सव २०८१ नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा जारी छ ।
महोत्सवको तेश्रो दिन भोलि पुष २७ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदै छ ।
महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो ११ः३० बजे म्याग्नेट सोलको लाइभ ब्याण्ड र जादुगर बलराम सरकारको जादु देखाइने छ । त्यसैगरी २ बजेबाट कलाकारहरु हेमन्त शर्मा र एलिना चौहानको प्रस्तुती रहने छ ।
यससँगै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, थारु कल्याणकारी सभा चितवन, नेपाल मगर संघ चितवन, प्रतिभा मञ्च–२०८१ विजेत कावासोती, तमु विद्यार्थी छोंज धि चितवन, नेपाल तामाङ धेदुङ चितवन, भुजेल सेवा समिति चितवन, चितवन डान्स सेन्टर नारायणगढ, नेपाल कुमाल समाज चितवनको प्रस्तुती र रो. प्रज्जु पौडेलको एकल नृत्य समेत रहने छ ।
पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

