कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
झुवानीमा आँखा शिविर : २२३ जनाको आँखा परीक्षणल

रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं ५ टरौलीमा बुधबार निःशुल्क स्वास्थ्य विशिर गरिएको छ । वडा कार्यालयको सहयोगमा तपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा लायन्स क्लब अफ रत्ननगर र लायन्स क्लव अफ चितवन नेशनल पार्कको आयोजनामा शिविर गरिएको हो । शिविरको वडाध्यक्ष बालकृष्ण चापागाईँले उद्घाटन गरेका थिए । सो अबसरमा उनले टरौली सामुदायिक पुस्तकालयका प्रयोगशाला सेवा सञ्चालनपछि भित्रका तोकिएका व्यक्तिहरुलाई एम्बुलेन्स सेवा निशुल्क गरिएको बताए । उनले ७८ बर्ष माथिका ज्येष्ट नागरिक, सुत्केरी, रातो कार्डप्राप्त अपाङ्गता र विपन्न सुकुमवासीलाई वडाकार्यालयले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने बताए । शिविरमा १३० जना महिला र ९३ जना पुरुष गरी २२३ जनाको सेवा लिएका छन् । शिविरमा स्वास्थ्य जाँच गराएका मध्ये ११ जनामा मोतियोविन्दुको समस्या देखिएको र निःशुल्क शल्यक्रियाको लागि भरतपुर आँखा अस्पतालमा रिफर गरिएको वडाध्यक्ष चापागाईँले लानकारी दिए । लायन्स क्लव अफ रत्ननगरका अध्यक्ष रस्किन अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुदख माधव पौडेल स्वास्थ्य शाखा प्रमुख, डिष्टिक क्याविनेट सेक्रेटरी निरज श्रेष्ठ सहित लायन्स क्लवका अगुवा दीपेन्द्र खतिवडा, कृष्णलाल श्रेष्ठ, मधुर नेपाल लगायतले मन्तव्य राखेका थिए । भरतपुर आँखा अस्पतालका बरिष्ट नेत्र सहायक सुवास सापकोटाको नेतृत्वका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको टोलीले विरामीको आँखा जाँच गरेका थिए । लायन्स क्लव अफ चितवन नेशनल पार्कका अध्यक्ष अजय गुप्ताले स्वागत मन्तव्य राखेको कार्यक्रम सो क्लवका प्रथम उपाध्यक्ष केशब राज बरालले सञ्चालन गरेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]