कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
माध्यमिक विद्यालय गवैको ६७औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

रत्ननगर । माध्यमिक विद्यालय गवैंले ६७ औ वार्षिक उत्सव तथा २२ औ अभिभावक भेला सम्पन्न गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर १३ स्थित विद्यालय परिसरमा पुर्ब शिक्षक केदार बहादुर सिवाकोटी ,तारा खडका ,लालजित मोक्तान ,सम्झना पन्तलाई सम्मान गर्दै तथा वार्षिक अतिरिक्त क्रीयाकलालका बिजेतालाई पुरस्कार वितरण गरेर विद्यालयले आफ्नो ६७ औं वार्षिक उत्सव मनाएको छ । साथै उत्कृष्टि शिक्षक तर्फ सिता शिवाकोटीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खैरहनी नगरपालिकाका नगर प्रमुख शशिकुमार खनियाले सामुदायिक विद्यालयमध्ये खैरहनी नगरपालिकाकै उत्कृष्ट विद्यालयको सूचीमा मावि गवै रहेको बताए । विद्यार्थी र विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि पालिका र आफू प्रतिबद्ध रहेको बताउँदै प्रमुख खनियाले बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र सम्बन्धित सम्पूर्ण पक्षले विशेष भुमिका खेल्नुपर्ने बताए ।
खनियाले शिक्षक मात्रैको प्रयासले शैक्षिक अवस्था सुधार गर्न नसकिने बताउदै यसका लागि अभिभावक, बिद्यालय व्यवस्थापन समिति पनि जागरुक भएर लाग्नुपर्ने बताए । यसका लागि स्थानीय सरकारको पनि उत्तिकै भूमिका रहेको बताउँदै आफु सदैव तयार रहेको बताए । उनले अबको शिक्षक सूचना तथा संचार प्रबिधिमा पूर्ण जानकार र अद्यावधिक भएको हुनुपर्ने बताए । उनले प्रविधि प्रयोगको तालिम हरेक शिक्षकले लिएर आफूलाई अब्बल बनाएर मात्र कक्षामा प्रवेश गर्नुपर्ने अवस्था आएको र यसको लागि तीनै तहका सरकार र विद्यालयले मद्दत गर्नुपर्नेमा जोड दिए ।
विशिष्ट अतिथि शिक्षा शाखा प्रमुख राजु बानियाँले मावि गवै नमुना विद्यालयको रूपमा रहेको र विद्यालयबाट थुप्रै जनशक्ति उत्पादन भएको बताए । उनले पुरानो इतिहास बोकेको विद्यालय भएकोले विद्यालयको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुधिर कुमार ढकालकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खैरहनी नगरपालिकाका उप प्रमुख कविता उप्रेती , खैरहनी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष केदारनाथ पन्त , वडा नं. १३ को वडा सदस्य शिव प्रसाद भुषालको सहभागिता रहेको थियो । त्यस्तै बुढी राप्ती उपभोक्ता समितिका अध्यक्ष हिरा बहादुर गुरुङ, कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका सचिव श्याम प्रसाद बराकोटी लगायतले सामुदायिक विद्यालयले समाजमा पुर्याएको योगदान र समुदायको अपेक्षाको बारेमा चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा विद्यालयको आर्थिक तथा संस्थागत कार्यप्रगति विवरण विद्यालयका प्रधानाध्यापक ऋषि प्रसाद खनालले प्रस्तुत गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समिति सदस्य समर बहादुर जिसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक इश्वर खनालले गर्नु भएको थियो । सो अवसरमा विद्यालयका विद्यार्थिहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु राखेका थिए ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

