Listen Live: 

चितवन महोत्सवको प्रवद्र्धनका लागि साइक र्याली

Radio Chitwan
आइतवार, पुस २१, २०८१

चितवन, पुष २१ –
यही पुष २५ देखि सुरु हुने १५ औं संस्करणको चितवन महोत्सवको प्रवद्र्धनका लागि साइकल र्याली निकालिएको छ ।

चितवन महोत्सव मुल आयोजक समिति, साइकल व्यवसायी संघ चितवन–नवलपुर र चितवन साइकल राइडर्स क्लबको संयुक्त आयोजनामा साइकल र्याली निकालिएको हो ।

उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीका अनुसार साइकल चलाउने प्रवृत्तिलाई प्रर्वद्धन गरी वातावरण संरक्षणप्रति समुदायलाई सचेत गराई चितवन महोत्सवको प्रर्वद्धन गर्ने उद्देश्यले र्यालीको आयोजना गरिएको हो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् चितवन महोत्सव मुल आयोजक समितिका संयोजक सुमन कुमार श्रेष्ठ, चितवन साइकल राइडर्स क्लबका अध्यक्ष पदम बहादुर बानियाँ र साइकल व्यवसायी संघ चितवन–नवलपुरका अध्यक्ष वलराम अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेपछि र्याली सुरु भएको थियो ।

दुई चरणमा गरिएको र्यालीमा पहिलो चरणमा करिव १०० भन्दा बढी र दोश्रो चरणको र्यालीमा ४१ जना सहभागि भएका सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार उद्योग वाणिज्य संघ (उवासंघ) चितवन परिसरबाट सुरु भएको पहिलो चरणको र्याली लीला चोक, पोखरा बसपार्क, आँपटारी, बाइपासरोड, केन्द्रीय बस टर्मिनल (पारस बसपार्क), हाकिमचोक, चौबिसकोठी, लायन्सचोक, शहिदचोक, पुलचोक हुँदै पुनः उवासंघ परिसरमै आएर सकिएको थियो ।

पहिलो चरणको र्याली सकिएपश्चात दोश्रो चरणको र्याली सुरु भएको थियो । दोश्रो चरणमा उवासंघ परिसरबाट पुलचोक, शहिदचोक, वेलचोक, धर्मचोक, यज्ञपूरी, टाईगरचोक, चोकबजार, गीतानगर, पकौडी, पटिहानी, बोटेटोल, हुँदै भरतपुर महानगरपालिका २२ मा रहेको स्टोनपार्कमा पुगेर पुनः उवासंघ परिसरमै फर्किएको थियो ।

स्टोनपार्क परिसरमा एक कार्यक्रमका बीच भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतो, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष एवम् चितवन महोत्सव प्रर्वद्धन समितिका संयोजक राजेन्द्र ओली, राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानका संयोजक अपील घिमिरे, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुहरुले साइकल राइडर्सहरुलाई स्वागतसहित सम्मान गरेका थिए । सो अवसरमा आफ्नो जीवनको उत्तराद्र्धसम्म पनि साइकलबाट नै यात्रा गरेका १२ जना अग्रजहरुलाई सम्मान समेत गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै उवासंघका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सवले सम्पूर्ण चितवनबासीलाई अपनत्वको आभाष दिलाउँदै भव्यताका साथ सम्पन्न गर्नका लागि सबैको साथ र सहयोग रहि आएको र आगामि दिनमा पनि रहिरहने विश्वास व्यक्त गरे ।

चितवन साइकल राइडर्स क्लबले महोत्सवको प्रर्वद्धनमा पुर्याउँदै आइरहेको योगदानको लागि धन्यवाद दिँदै ओलीले आगामि दिनमा सहकार्य गर्दै जाने विश्वास व्यक्त गरे ।

१५ औं संस्करण चितवन महोत्सव यही पुष २५ देखि माघ १० गतेसम्म नारायणगढस्थित नारायणी नदी किनारमा आयोजना हुँदैछ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram