चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
कालिकाकाे चतुर्मुखी माविले मनायाे ६४औ बार्षिकाेत्सव
कालिका । कालिका नगरपालिकाकाे शक्तिखाेर स्थित चतुर्मुखी माविले विहीबार ६४औ बार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएकाे छ । बार्षिकाेत्सव मनाउन विद्यालय प्राङ्गढमा आयाेजित कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन तथा शैक्षिक याेजना सार्वजनिक गरिएकाे हाे ।
कालिका नगरपालिकाका मेयर विनाेद रेग्मीले उद्घाटन गरेका कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक चन्द्र बहादुर गुरुङले शिक्षामा अहिले सम्म भएकाे उपलब्धि र २१ बुँदे शैक्षिक याेजना सार्वजनिक गरेका हुन । २०१७ सालमा स्थापना भएकाे साे विद्यालयमा हाल बाल विकासदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएकाे छ । कुल ८६० जना विद्यार्थी ४० प्रतिशत सीमान्तकृत चेपाङ समुदायका बालबालिका अध्यायन गर्ने सहायक प्रधानाध्यापक पूर्णबहादुर पुरीले जानकारी दिए । साे विद्यालयबाट अहिले सम्म एसएलसी र एसईइमा २ हजार ११६ र कक्षा १२ मा ५७६ विद्यार्थी उत्तीर्ण भएका छन् । साे विद्यालया बाल विकासमा दुई सेक्सन, कक्षा ९ मा ३ सेक्सन, कक्षा १० का २ सेक्सन तथा कक्षा ११ र १२ मा २/२ सेक्टन पढाइ हुँदै आएकाे सहायक प्रधानाध्यापक पुरीले जानकारी दिए । कार्यक्रममा विद्यालयकाे स्थापनामा भूमिका खेल्ने संस्थापकहरु स्वर्गीय हर्क बहादुर श्रेष्ठ, खड्का बहादुर खड्का, बालकृष्ण बस्नेतलाई मरणाेप्रान्त सहित विद्यालयका पूर्वअध्यक्ष, पूर्व प्रधानाध्यापक, पूर्व सहायक प्रधानाध्यापक, पूर्व शिक्षक, वर्तमान शिक्षक तथा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएकाे सहायक प्रधानाध्यापक सीताकुमारी श्रेष्ठले जानकारी दिइन् । साे अबसरमा विद्यालयले सञ्चालन गरेकाे अतिरिक्त कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि मेयर रेग्मीले मेयर केयर कार्यक्रम मार्फत शिक्षाबाट बन्चित रहेका बालबालिकालाई विद्यालयकाे पहँचमा ल्याउने काम भइरहेकाे बताए । उनले शिक्षाकाे गुणस्तर सुधार गर्न प्रविधिमैत्री र व्यवहारिक शिक्षामा जाेड दिएकाे बताए ।
विकास निर्माणकाे काम प्रक्रियागत रुपमा हुँदै जान्छन उनले भने नगरकाे साच्चिकै विकासकाे लागि कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन मार्फत नगरबासीकाे मुहारमा मुस्कान ल्याउने छाैं । कार्यक्रममा कालिकाका संस्थापक मेयर खुमनारायण श्रेष्ठले चतुर्मुखी मावि नगरकै शैक्षिक धराेहर रहेकाे बताए । उनले शिक्षाकाे गुणस्तर सुधार गरि सामुदायिक विद्यालयप्रति आकर्षण बढाउनु पर्नेमा जाेड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वकिल पुरीकाे अध्यक्षतामा भएका कार्यक्रमा उपमेयर विमला तामाङ, वडाध्यक्षहरु, विद्यालयका पूर्व अध्यक्ष तथा प्रधानाध्यापकहरु, अभिभावक, राजनीतिक दलका प्रतिनिधि लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम शिक्षक सुमन कडरियाकाे अध्यक्षतामा भएकाे थियाे ।
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]