Listen Live: 

चितवन महोत्सव यसवर्ष १५ दिन चल्ने,पुस २५ गतेदेखि माघ १० गतेसम्म

Radio Chitwan
शुक्रबार, पुस १९, २०८१

रत्ननगर , उद्योग वाणिज्य सघ चितवनले  चितवन महोत्सवमा यसपटक पर्यटन प्रवद्र्धनलाई जोड दिइने भएको छ । यही पुस २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन गर्न लागिएको महोत्सवमा पर्यटनलाई केन्द्रबिन्दुमा राखेर विभिन्न गतिविधि सञ्चालन गर्न लागिएको हो । नारायणी नदी किनारमा गर्न लागिएको महोत्सवमा जिल्लालाई विविधता र समृद्धिको भूमिका रुपमा विकास गर्ने लक्ष्य राखिएको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले महोत्सव परिसरमा चितवनको विविधताको प्रतिनिधित्व गर्ने खालका कृत्रिम पार्क निर्माण गरिने बताउनुभयो ।यहाँका पर्यटकीयस्थलसम्म जान र आउनका लागि सफारीका व्यवस्था, होमस्टेमा बसोबास गर्ने प्रबन्ध मिलाइने, पर्यटकीय क्षेत्रको वृत्तचित्र प्रस्तुत गर्नेजस्ता कामहरु गरिने उहाँले जानकारी दिनुभयो । महोत्सवस्थलदेखि जिल्लाका विभिन्न पर्यटकीयस्थलसम्म जानका लागि ‘पार्टी बस’ समेत सञ्चालन गर्ने तयारी गरिएको छ । पार्टी बसमा यात्रा गर्दा बसभित्रै विभिन्न परिकार खान पाइनेछ । यस अवधिमा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटन व्यवसायीको समन्वमा छुटको व्यवस्थासमेत गरिएको श्रेष्ठले बताउनुभयो

अघिल्ला महोत्सवमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी, मह, केरालगायत उत्पादनलाई प्राथमिकता दिइएकामा यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको हो । यहाँ आउने पर्यटकको बसाई लम्ब्याउन कसरी सकिन्छ ? भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्नेगरी यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखेका हौँ

अघिल्ला वर्षमा १० दिनमात्रै गर्दै आइएको महोत्सव यसपटक पाँच दिन थप गरेर १५ दिन पु¥याइएको छ । यस महोत्सवमा विदेशी उत्पादनसहित स्थानीय उत्पादनलाई प्राथमिकता दिईएको छ । महोत्सवमा स्थानीय उत्पादनसहित अन्तर्राष्ट्रिय व्यावसायिक प्रतिष्ठानको उल्लेख्य सहभागिता हुने उहाँले बताउनुभयो ।

यस वर्ष चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादन प्रदर्शनीमा राखिने तयारी गरिएको छ । सात वटा विशेष स्टल, डोम कृषि परिसर, अटो परिसरका साथै निर्माण व्यवसायीको सहकार्यमा निर्माण एक्स्पो, घरेलु तथा साना उद्योग, विभिन्न सङ्घसंस्थाका स्टल, रेष्टुरेन्ट परिसरसहित चार सय ३० वटा कक्ष रहने महोत्सवमा बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्नेगरी भरतपुर महानगरपालिकाको समन्वयमा रोजगार परिसर राखिनेछ ।

पन्ध्र दिनसम्म चल्ने महोत्सवमा आन्तरिक र बाह्य पर्यटकसहित पाँच लाख दर्शकले अवलोकन गर्ने र रु ३० करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको संयोजक श्रेष्ठले जानकारी दिए

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram