कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
खैरहनी महोत्सवमा बक्तृत्वकला प्रतियोगिता ,मोडर्नकि प्रकृति प्रथम

रत्ननगर । तेस्रो खैरहनी महोत्सवमा आज आइतबार वक्तृत्वकला प्रतियोगिता गरिएको छ । प्रतियोगितामा मोडर्न इङलिस बोडिङ् स्कुलकी प्रकृति थापा प्रथम भईन । उनि १२६ अंकका साथ प्रथम भएकी हुन । महोत्सवको स्टेजमै आयोजित प्रतियोगितामा सैनिक आवासीय माबिकी सोमन्जिला तिमिल्सिना द्वितीय भईन । त्यस्तै ग्लोसाइन एकेडेमीकि कदना चुडासैनी तृतीय तथा खैरहनी माबिकी मानस्बी खरेलले सान्त्वना स्थान हासिल गरेकी महोत्सव आयोजक उद्योग बाणिज्य संघ खैरहनिका महासचिव विनोद अर्यालले जानकारी दिए । उनिहरुलाई महोत्सव अबधि भरमै पुरस्कृत गरिनेछ ।
महोत्सवको आज दशौं दिन कलाकार बद्री पंगेनी र कमल खत्रीको सांगेतिक प्रस्तुति रहेको थियो । आज महिलाहरुलाई टिकटमा ३० रुपैयाँ छुट गरिएको थियो ।
महोत्सवको एघारौं दिन गायक दुर्गेश थापा र डान्सर प्रिती पासवान आउने कला तथा सांस्कृतिक समिति संयोजक अर्जुन लम्सालले जानकारी दिए ।
महोत्सवमा भोलि कृषि उपज प्रदर्शनीका उत्कृष्टहरुलाई तथा खुल्ला रोड रेसका बिजेताहरुलाई पुरस्कृत गरिने कार्यक्रम रहेको महोत्सवका संयोजक एव संघका अध्यक्ष कुमार खनालले जानकारी दिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]