कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन हात्ती तथा पर्यटन महोत्सव : सौराहाका हात्तीको स्वास्थ्य परीक्षण

रत्ननगर । सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आइतबार सौराहाका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सौराहाको सफारी पर्यटनमा प्रयोग हुँदै आएका निजी स्तरका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको हो । नेपाल पर्यटन बोर्डसंगको सहकार्य तथा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको सहकार्यमा आयोजना गरिएको शिविरमा सौराहाका ४५ वटा हात्तीको स्वास्थ्य परीक्षण गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा.अमिर सडौला र पशु प्राविधिक किरण रिजालले हात्तीको स्वास्थ्य परीक्षण गरेका हुन् । उनीहरुको हात्तीको ज्वरो, खुट्टाको नङ व्यवस्थापन, शरिरमा रहेका घाँउ र अन्य संवेदनशिल अंकको परीक्षण गरी उपचार गरेका हुन् । सो अबसरमा डा.सडौलाले सौराहाको सफारी पर्यटनमा प्रयोग भएका हात्तीहरुको नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको भन्दै यहाँका हात्तीहरुको परीक्षण गरी उपचार गरिएको बताए । उनले सौराहाका कुनै पनि हात्तीमा अहिले क्षयरोगको संक्रमण नरहेको भन्दै उनले परीक्षण भने गर्दै गर्नुपर्ने बताए । कलोपत्रे सडकमा हिड्दा हात्तीको खुुरमा समस्या देखिने गरेको भन्दै डा.सडौलाले हात्तीको नङ व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताए । यसैबीच महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ चितवन सौराहाले हात्तीको पेनल्टी सुट आउट, हात्ती सुन्दरी र हात्तीहरुलाई मिष्ठान्न परिकार सहित वनभोज खुवाएको महोत्सवका संयोजक रामकुमार आर्यालले बताए । हात्ती वनभोजमा ड्रागन फ्रुट, स्याउ, उखु, केरा, घाँस, खर्बुजा, भूइँकटहर, मकै, पाउरोटी, सुन्तला, भेलीमा पकाएको चामल, लगायतका खानेकुरा खुवाइएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । नेपालमा एक सय ५० वटा हात्ती निजी स्तरमा पालिएका छन् । वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो । कलात्मक रुपमा सजिएका हात्तीले बनभोज खाँदै गरेको क्षण नजिक भएर सेल्फी खिच्नेको भिड रोचक थियो । हात्तीहरुको वनभोज कार्यक्रम आकर्षणको रुपमा रहँदै आएको छ । दर्जनौ हात्तीहरू एकसाथ भोज गरिरहदा उनीहरूमा छुटै रौनकता देखिन्थो । भने उनीहरूको भोज देखेर पर्यटक तथा दर्शक दंग थिए । महोत्सव अन्तर्गत भएको डुंगादौड प्रतियोगितामा भरतपुर महानगरपालिकाले प्रतिनिधित्व गरेको डुंगा प्रथम भएको छ । प्रतियोगितामा भरतपुर महानगरको तर्फ प्रतिनिधित्व गरेर राहुल चौधरीले निर्धारित दुरी १२ मिनेट ५१ सेकेण्डमा पार गरेका थिए रहेको डुंगा प्रथम भएको हो । संघका उपाध्यक्ष ओम पाण्डेले उद्घाटन गरेको सो प्रतियोगितामा रत्ननगर नगरपालिका द्धितीय र कालिका नगरपालिका तृतीय भएको महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले जानकारी दिए । रत्ननगर नगरपालिकाको तर्फबाट कानु वोटे र कालिका नगरपालिकाको तर्फबाट होमबहादुर कुमाले डुंगा चलाएका थिए । सौराहा स्थित राप्ती नदीको २ किलोमिटरमा डुंगा दौड प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई महोत्सव समापन समारोहमा शिल्ड र नगद पुरस्कार प्रदान गरिने छ । महोत्सव अन्तर्गत शुक्रबार हात्तीको वनभोज कार्यक्रम आयोजना गरिएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव सञ्चालन भईरहेको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

