Listen Live: 

खैरहनी महोत्सव सुरु,उत्पादन बढाउन निति र कानुन सहज बनाउनु पर्नेमा मन्त्री पाण्डेको जोड

Radio Chitwan
शुक्रबार, पुस ५, २०८१

पुस ५ गते ।      उद्योग ,कृषि ,पर्यटन खैरहनी नगर बिकासको मुल आधार भन्ने नाराका साथ तेस्रो खैरहनी महोत्सव शुक्रबार सुरु भएको छ ।  उद्योग बाणिज्य संघ खैरहनीको आयोजनामा सुरु भएको महोत्सवको भब्य समारोहका बीच संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गरे ।  खैरहनी २ स्थित लदरी खोला किनारमा सुरु भएको महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटन मन्त्री पाण्डेले  चितवन पर्यटनको राजधानी बन्न सक्ने बताए । त्यसका लागि सरकारको तर्फबाट आवश्यक निति ,आर्थिक सहयोग गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।   

मन्त्री पाण्डेले मेला महोत्सवमा आयातीत बस्तुको बढी बिक्री हुने गरेको तर्फ इङ्गित गर्दै स्वदेशी उत्पादनलाई बढाई निर्यातमा जोड दिनुपर्ने बताए ।  उत्पादन र निर्यात बढाउन सरकारले नीति र कानुन सहज बनाउनु पर्ने उनको भनाइ थियो ।   मेला महोत्सव बाहेक पनि अन्य बेला पनि आयातीत बस्तुको प्रयोग गर्ने गरेका छौं मन्त्री पाण्डेले भने- उत्पादन बढाई निर्यात गर्न तिनै तहको सरकारले निति र कानुन सहज र लचिलो बनाउनुपर्छ ।  

मन्त्री पाण्डेले पछिल्लो समय निराशाको खेती गर्ने समस्या जडको रूपमा रहेको बताए ।   राजनीतिक,सामाजिक क्षेत्रलाई खलल पुर्‍याउन एक पंक्ति उद्धत छ,मन्त्री पाण्डेले थपे- केही नभएको भन्ने निराशालाई चिर्न जरुरी छ ।  

मन्त्री पाण्डेले महोत्सवले ब्यवसायिक गतिविधि गतिशिल बनाउन मद्दत गर्ने बताए ।   खैरहनी नगरपालिका बिकासका हिसाबले अघि बढ्दै गरेको आफुले पाएको भन्दै दिगो र बलियो पुर्वाधार बनाउनु पर्ने बताए ।   

उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका सांसदहरु जेएन थपलिया ,कृष्ण प्रसाद खनाल,ईश्वर सापकोटा ,नेपाली काङ्ग्रेस जिल्ला सभापति राजेश्वर खनाल,नेकपा एमाले जिल्ला अध्यक्ष कमल पाठक,नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी ,रास्ट्रिय स्वतन्त्र पाटिका टिकादत्त इटनी ,खैरहनी ८ का वडा अध्यक्ष शंकर कडेल,थारु कल्याणकारीणि सभा क्षेत्र नम्बर ७ का सभापति रामेश्वर चौधरी  लगायतले शुभकामना मन्तव्य राखेका थिए  । उद्घाटन शत्र अघि खैरहनी नगरपालिका अगाडिबाट विभिन्न जातजाति तथा संघसंस्थाको पहिचान झल्कने झांकिसहितको शोभा यात्रा निकालिएको थियो ।   शोभा यात्रामा झन्डै २ सय भन्दा बढी संघसंस्था सहभागी थिए ।  

महोत्सवमा विभिन्न पेशा, व्यापार, उद्योग, व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी करिव २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनु‌मान गरिएको छ ।  करिव एक करोड बाह्र लाखको लगानीमा सञ्चालन हुन लागेको महोत्सवमा सवारी साधनहरुसहित गरी करिव १५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले बताए  ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram