कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
एमाले कालिका नगर कमिटीकाे दाेस्राे नगर अधिवेशन सुरु, नयाँ कमिटी गठन हुने

कालिका । नेकपा एमाले कालिका नगर कमिटीकाे दाेस्राे नगर अधिवेशन खाेलेसिमलमा सुरु भएकाे छ । अधिवेशनकाे पार्टीका पाेलिटब्यूराे सदस्य तथा जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञावलीले उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन पूर्व एमालेले कालिकामा शक्ति प्रर्दशन गरि भब्य शाेभायात्रा निकालिएकाे कालिकाका संस्थापक मेयर तथा पार्टीका प्रदेश कमिटी सदस्य खुमनारायण श्रेष्ठले जानकारी दिए । उद्घाटनमा एमालेका केन्द्रीय तथा जिल्ला स्तरका नेताहरुले सरकारकाे नेतृत्व गरिरहेकाे एमालेलाई विदेशी शक्तिकाे इसारामा चाैतर्फी आक्रमण भइरहेकाे बताएका छन् । एमालेले गरेका लाेकप्रिय कामलाई देख्न नसकेर पार्टीलाई कमजाेर बनाउने खेलमा देश भित्रका र बाहिरका शक्तिहरु लागि परेकाे उनीहरुकाे भनाई छ । पाेलिटब्यूराे सदस्य ज्ञावलीले एमाले देशभक्तहरुकाे पार्टी भएकाे बताए । छिमेकी राष्ट्रहरुकाे डिजाइनमा एमाले माथि आक्रमण भइरहेकाे भन्दै उनले एमालेलाई आक्रमण गरेर मुलुकलाई कमजाेर बनाउने खेल भइरहेकाे बताए । एमालेमा असल नेता कार्यकताले जिम्मेवारी लिन नखाेज्ने र भड्काउ प्रवृतिका मान्छेहरु हावी हुने बाताबरणकाे अन्त्य हुनुपर्ने बताए । पार्टीका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य कृष्णभक्त पाेखरेलले एमालेका कार्यकर्ताकाे धमनी कमजाेर हुन नहुने बताए । अस्पतलमन सुत्केरी गराउदा पैसा पाउने वातावरण बनाउने पार्टी एमाले रहेकाे भन्दै उनले एमालेकाे सरकारले ७५३ वटै स्थानीय तहमा अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याएकाे बताए । बृद्धभत्ता सयबाट ४ हजार पुरयाउने पार्टी एमाले रहेकाे भन्दै पार्टीले गरेका राम्रा कामलाई जनताकाे बीचमा लैजान आवश्यक रहेकाे बताए । उनले एमालेकाे सरकारले चितवनकाे काउले, चण्डिभन्ज्याङ र उपरदाङगढीमा विजुली पुरयाएकाे उनकाे भनाई छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक दर्जज मान्छे एमालेमा प्रवेश गरेकाे युवा नेता उमेश सापकाेटाले जानकारी दिए । नगर कमिटी अध्यक्ष केशब लामाकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा केन्दीय सदस्यहरु प्रभा बराल, यमबहादुर परियार, वागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दाेर्जे लामा, जिल्ला अध्यक्ष कमल पाठक, कालिकाका मेयर तथा एमाले नेता विनाेद रेग्मी, नेता जयचन्द्र प्रसाद चाैधरी, रत्ननगर नगर कमिटीका अध्यक्ष इश्वारीप्रसाद अर्याल लगायतले मन्तव्य राखेका थिए । जिल्ला कमिटी सदस्य हिम्मत पुरीले सञ्चालन गरेकाे उद्घाटन कार्यक्रममा बागमती प्रदेशका वन मन्त्री कृष्ण सिलवाल, प्रदेश सांसद जगन्नाथ थपलिया, जिल्ला समन्वय समितिका अध्यक्ष नारायणप्रसाद अधिकारी सहित प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे । नगर अधिवेशनमा ३१७ जना प्रतिनिधि सहभागी छन् ।


चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]