Listen Live: 

खैरहनी महोत्सवको तयारी अन्तिम चरणमा

Radio Chitwan
बिहिबार, पुस ४, २०८१

 तेस्रो खैरहनी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।  उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा पुस ५ गतेदेखि महोत्सव सुरु हुन लागेको हो ।  सो महोत्सवको तयारी करिव पूरा भएको आयोजक उद्योग बाणिज्य संघ खैरहनिले बुधबार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।  संघका अध्यक्ष एवं महोत्सव संयोजक कुमार खनालका अनुसार महोत्सवको लागि परिसर  निर्माणको काम सकिएको , प्रचारप्रसार तीब्र पारिएको छ भने प्रमुख अतिथिको टुंगो लागेको छ ।    परिसरमा कृषि प्रदशनी स्थलबाहेक २ सय बढी स्टल निर्माण गरिएको छ ।  स्टेज आकर्षक बनाईदैछ ।   महोत्सवको आवश्यक तयारी अन्तिम चरणमा पुर्‍याएका छौं,महोत्सव संयोजक खनालले भने- प्रमुख अतिथिका रूपमा पर्यटन मन्त्री बद्री पाण्डे आउने टुंगो लागेको छ,शोभा यात्रामै उहाँलाई सहभागी गराइनेछ ।   

तेस्रो खैरहनी महोत्सवको अवसरमा यस पटक  पर्सा बजारमा पुस १३ गते देखि १५ गतेसम्म फूड फेस्टिबलको आयोजना गर्न  लागिएको महोत्सव संयोजक खनालले बताए ।  फेस्टिवलमा स्थानीय जातजातिका खानाका परिकार ,कुखुराबाट बन्ने परिकारहरुलाई प्राथमिकता दिइएको उनले बताए ।  साथै सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिनेछ ।  व्यवसायिक साझेदारी प्रयास स्वरुप महोत्सवको प्रवेश टिकटको आधारमा म्याड्‌ङ्गो जनन्योति सिनेमा हल र मौलाकालिका केबलकारको टिकटमा ५०% छुटको व्यवस्था गरिएको छ ।  

महोत्सवमा विभिन्न पेशा, व्यापार, उद्योग, व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी करिव २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनु‌मान गरिएको छ । करिव एक करोड बाह्र लाखको लगानीमा सञ्चालन हुन लागेको महोत्सवमा सवारी साधनहरुसहित गरी करिव १५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको छ ।  

पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष एव कला,सांस्कृतिक समिती संयोजक अर्जुन लम्सालले यस पटक सांस्कृतिक कार्यक्रमलाई भब्य बनाउन प्रख्यात कलाकार,गायक,गायिकालाई ल्याउन लागिएको बताए ।  

पत्रकार सम्मेलनमा उद्योग बाणिज्य महासंघ बागमती प्रदेश उपाध्यक्ष गुणराज श्रेष्ठ ,संघका पुर्व अध्यक्षहरु ,पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।  महोत्सवको पुर्व सन्ध्यामा बिहीबार रोड रेश प्रतियोगिता आयोजना गरिएको छ ।  महोत्सव स्थलबाट सुरु हुने रेश नगरपालिका गेट,ज्यामिरे हुँदै महोत्सव परिसरमै आएर सकिनेछ ।   प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय हुनेले क्रमशः  १० हजार,७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

आन्य समाचारहरु:-
January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

January 13, 2025
खैरहनीमा आजदेखि खिचरा महोत्सव : मुुख्यमन्त्रीले उद्घाटन गर्ने 

खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram