Listen Live: 

एनपीएल दोस्रो क्वालिफायर : आज जनकपुर र कर्णाली

Radio Chitwan
बिहिबार, पुस ४, २०८१

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुनेछ।

दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौका हो।पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम फाइनलका लागि प्रतिस्पर्धी कुरिरहेको छ। दोस्रो क्वालिफायर विजेता टोलीसँग सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यो खेल बिहीबार दिउँसो १२ : ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

दोस्रो क्वालिफायर खेल जनकपुरका लागि अवसर हो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग हारेको टोली जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउन सके उपाधिका लागि सुदूरपश्चिमसँगै खेल्न पाउनेछ।

\तर जनकपुरका लागि सुदूरपश्चिमसँगका दुई भेट सुखद् छैनन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध ८ विकेटको फराकिलो जित निकाल्यो। टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमै २ विकेटको क्षतिमा जनकपुरले दिएको १४० रनको लक्ष्य पूरा गरेको हो। यसअघि लिग चरणको खेलमा मंसिर २६ गते जनकपुर र सुदूरपश्चिम आमनेसामने भएका थिए। उक्त खेलमा सुदूरपश्चिम ७२ रनले विजयी भएको थियो।

त्यो खेलमा सुरुमा ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै जनकपुरलाई १२३ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफी ब्याटिङका उत्रिएको जनकपुरले १२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५१ रन मात्रै बनाएको थियो।

अघिल्लो भेटमा कर्णालीमाथि जनकपुर आठ विकेटले विजयी

दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्न लागेका कर्णाली र जनकपुरको यो दोस्रो भेट हो। लिग चरणको खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले हराएको थियो। मंसिर १७ गते भएको खेलमा कर्णालीले दिएको १४१ रनको लक्ष्य जनकपुरले १५ दशमलव १ ओभरमै दुई विकेटको क्षतिमा पूरा गरेको थियो। कर्णालीले विदेशी खेलाडीलाई ल्याउनेक्रम भने अझै रोकिएको छैन। बुधबार मात्र चितवनविरुद्ध कर्णालीबाट डेब्यु गरेका भारतीय खेलाडी जयकिशन कोलसावालाले अर्धशतक हिर्काए। जनकपुरका लागि कर्णालीका अर्का अलराउण्डर विलियम बस्सिटो पनि घातक हुनसक्छन्।

बुधबार कर्णालीसँग पराजित भएसँगै चितवन प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताबाट बाहिरिए पनि चितवनका रबि बोपाराले सर्वाधिक रनको रेकर्ड बनाएका छन्। बोपाराले लुम्बिनीका कप्तान रोहित पौडेलको कीर्तिमानी भङ्ग गरेका हुन्।

रोहित लिग चरणका ७ खेलमा २७९ रन जोड्दै लिगको सबैभन्दा बढी रन प्रहार गर्ने ब्याटर थिए। कर्णालीविरुद्ध अर्धशतक प्रहार गरेर बोपाराले लिग चरणको ७ र एलिमिनेटरको १ गरी जम्मा ८ खेलमा २८६ रन जोडेका हुन्।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

January 28, 2025
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram