Listen Live: 

रत्ननगरमा महिला फुटबल प्रतियोगिता सुरु

Radio Chitwan
शनिबार, मंसिर २२, २०८१

रत्ननगर, मंसिर २२ । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आज (शनिवार) देखि राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरू भएको छ ।

सो प्रतियोगिताको रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गरेका थिए । सो अबसरमा मेयर सापकोटाले खेलकुद क्षेत्रको विकास र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लवले सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगिता आयोजना गरेको बताए ।

क्लवका अध्यक्ष बसन्त रानाको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख यादव प्रसाद पाठक, जिल्ला समन्वय चितवनकी सदस्य सबिता चौधरी, मृगकुञ्ज उपभोक्ता समितका अध्यक्ष दुर्गा प्रसाद घिमिरे, जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की लगाएतले मन्तव्य राखेका थिए । 

महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा आयोजक रत्न प्रिय क्लव विजयी भएको छ । हेटौंडा फुटबल एकाडेमीलाई ५–० गोलले पराजित गर्दे आयोजक रत्न प्रिय क्लव सिधै सेमिफाईनलमा प्रवेश गरेको हो । म्यान अफ दी म्याच रत्न प्रिय क्लवकी खेलाडी ममता पुन भईन् । उनले नगद रु २ हजार प्राप्त गरिन् ।

भोली (आइतवार) परिवर्तन हातेमालो युवा संगठन र निजगढ फुटबल क्लब बिच प्रतिशप्रर्धा हुने क्लवका अध्यक्ष राना मगरले जानकारी दिए । खेलमा राष्ट्रियस्तरका आठवटा टिमले सहभागिता जनाएको उनको भनाई छ ।

खेलकुदको विकासको लागि निरन्तर विभिन्न प्रतियोगिताहरु गर्दै आएको सो क्लबले यसअघि पहिलो र दोस्रो रत्नप्रिय कप पुरूष फुटबल प्रतियोगिता गरिसकेको छ । यसवर्षको भने तेस्रो रत्नप्रिय कप महिला फुटबल प्रतियोगिता हो ।

प्रतियोगिताको बिजेता टिमलाई एक लाख ११ हजार १११ र उपविजेता टिमलाई ५५ हजार ५५५ रूपैयाँसहित शिल्ड, मेडल, ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक प्रवेश कुँवरले जानकारी दिए । 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उदयमान खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई पुरस्कार प्रदान गरिने छ ।

सेन्ट्रल कलेज मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिताका आयोजक रत्नप्रिय क्लबसहित संकटा क्लब, बागमती युवा क्लब सर्लाही,  निजगढ फुटबल क्लब, अभिषेक चर्ज रजहर, पद्मा स्पोट्र्स क्लब ओखलढुङगा र परिर्वतन हातेमालो युवा संगठन जगतपुरले प्रतिस्पर्धा गर्ने क्लबका सचिव विजय लामाले जानकारी दिए ।

रत्ननगर नगरपालिका र वडा नं–९ संरक्षक रहेको उक्त प्रतियोगिता २९ गतेसम्म चल्ने छ । रत्नप्रिय क्लबले समाजका परिर्वतन ल्याउनेगरी, दुर्घटना न्यूनीकरणका ट्राफिक सचेतना, सरसफाई, लागुऔषध नियन्त्रण सम्बन्धि सचेतना, सामाजिक विकास र खेलकुदको चौतर्फी विकासको लागि राष्ट्रियस्तरको विभिन्न किसिमका खेलकुदहरु गर्दै आएकोछ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram