Listen Live: 

रत्ननगरमा संस्कृति तथा व्यापार महोत्सव सुरु

Radio Chitwan
शुक्रबार, मंसिर ७, २०८१

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सव सुरु भएको छ । महोत्सवको एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले उद्घाटन गरेका छन् । सो अबसरमा मन्त्री ठकुरीले सौराहाको पर्यटन विकासको लागि विशेष योजना ल्याएर काम गर्ने भन्दै पर्यटन पूर्वाधार निर्माणको लागि बजेट रकमान्तर गर्ने योजनामा रहेको बताए । पर्यटन उद्योग देशको अर्थतन्त्रको मुरुदण्ड रहेको भन्दै प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकासलाई महत्व दिएको बताए । देशका विभिन्न स्थानमा हुने मेला महोत्सवले जिल्ला स्तरमा आर्थिक चलायमन हुने भन्दै स्थानीय उत्पादनलाई स्थान दिन आयोजकलाई आग्रह गरे । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले आर्थिक मन्दीका कारण व्यवसायीहरु पलायन हुने अबस्था आएको भन्दै सरकारले व्यवसायीलाई जोगाउने गरी आर्थिक नीति ल्याउनु पर्ने बताए । मुलुक आर्थिक समस्याको जरजरमा रहेको बेला रत्ननगरमा आयोजना गरिएको महोत्सवले आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे । नेपाली काँग्रेस चितवनका पूर्व सभापति जीतनारायण श्रेष्ठले रत्ननगरमा आयोजना गरिएको महोत्सवले कलासंस्कृति संरक्षणसंगै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्ने बताए । द हेल्पिङ युथ क्लब रत्ननगरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लिको आयोजनामा रत्ननगर वडा नं १ स्थित बसपार्कसंग जोडिएको खुल्लाचौरमा महोत्सव सुरु भएको हो । महोत्सव सुरु हुनुपूर्व विहान नेपाल माविको चौरबाट शोभायात्रा निकालिएको छ । महोत्सव उद्घाटनमा शोभायात्रामा प्रथम भएको इको प्याराडाईन आमा समुह, द्धितीय भएको उद्यमशिल महिला समुह र तृतीय भएको आकृति महिला बचत तथा ऋण सहकारी संस्थालाई क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रदान गरिएको थियो । शोभायात्रा मुल्याङ्कनको निर्णायकका पत्रकार होमनाथ सापकोटा र अधिकारकर्मी लक्ष्मी तामाङ रहेका थिए । महोत्सवमा स्वदेशी उत्पादनको पहिचान, उद्योगी व्यवसायी र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्धको विस्तार गरी उपभोक्ताहरूको चाहना अनुसार उत्पादन तथा सेवा प्रति विश्वास अभिवृद्धि गर्ने, स्थानीय एवम् राष्ट्रिय स्तरका उत्पादनको बजार प्रवर्धन गर्ने, देशभरिका व्यवसायीहरु बीच आपसी समन्वयको भावना जागृत गराउने, व्यवसायीहरू बीचको अवसर, समस्या र चुनौतीबारे अन्तरक्रिया गर्ने, कृषिलाई आधारशिलाको रुपमा विकास गर्नका लागि सहयोग पुर्याउने, कृषि लघु तथा घरेलु उद्यमहरूको बजार प्रवद्धन गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ । २०० वटा स्टल रहने सो महोत्सवमा महिला उद्यमीहरुलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ । महोत्सवमा व्यवस्थापकीय जिम्मेवारी लिएकोऔद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले स्वागत मन्तव्य व्यक्त गर्दै स्थानीय उत्पादनको प्रबर्धनसंगै कला, संस्कृति, भाषा, भेषभूषा, मौलिक पहिचान झल्किन सांस्कृतिक गतिविधि सहित स्थानीय प्रतिभा, नव प्रतिभाको खोजी गर्न महोत्सब आयोजना गरिएको बताए । करिब तीन करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको व्यापार महोत्सवमा करिब २ लाख दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ । द हेल्पिङ युथ क्लब रत्ननगरका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक संजय लोप्चन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव मुल समारोह समितिका सहसंयोजक सुर्यमान तामाङले महोत्सव आयोजना गर्नुको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।

आन्य समाचारहरु:-
January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

January 13, 2025
खैरहनीमा आजदेखि खिचरा महोत्सव : मुुख्यमन्त्रीले उद्घाटन गर्ने 

खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram