Listen Live: 

रत्ननगर उवासंघको साधारण सभा : आर्थिकमन्दीको असरप्रति चिन्ता व्यक्त

Radio Chitwan
शनिबार, मंसिर १, २०८१

रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघको २५औं बार्षिक साधारण सभा शनिबार गरिएको छ । वागमती प्रदेश सरकारकी उद्योग,बाणिज्य,भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले उद्घाटन गरेको सो साधारण सभामा संघका अध्यक्ष शंकर गिरीले व्यवसायी सुरक्षा, आर्थिक मन्दीको असर न्यूनीकरण, पर्यटन पूर्वाधार निर्माण, औद्योगिक क्षेत्र निर्माण, सडक सञ्जाल, दोहोरो कर नीतिको अन्त्य लगायतका विषयमा सरकारको ध्यानर्कषण गराइका छन् । १६बुँदै प्रस्ताबमा उनले प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा औद्योगिकग्राम सञ्चालन गर्न नीतिगत व्यवस्था गरेको भन्दै जग्गा प्राप्ती देखि सञ्चालन सम्म उद्योग बाणिज्यसंघलाई सहभागी गराउन आग्रह गरेका छन् । 

सरकारी अनुदानले बजारमा प्रतिस्पर्धा भन्दा पनि विकृति बढाएको भन्दै अध्यक्ष गिरीले सरकारी अनुदानलाई उत्पादनसंग जोड्ने र व्यवसायीलाई प्राथमिकता दिनुपर्ने बताए । 

शक्तिखोरमा औद्योयिक क्षेत्र निर्माण, उद्योग दर्तामा एकद्धार प्रणाली, महिला उद्यमीलाई दर्तामा ५० प्रतिशत छुटको व्यवस्था गर्न उनले सरकारसंग माग गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले आर्थिक मन्दीको असर निराकरण गर्ने तर्फ सरकारले ध्यान नदिको भन्दै तीन बर्षदेखि व्यवसायीहरु आर्थिक मन्दीको चपेटामा रहेको बताए । 

नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष अमृत भट्टचनले आर्थिक मन्दी र अहिलेको राजनीतिक परिदृश्यले व्यवसायीको अनुहारमा हासो हराएको बताए । कार्यक्रममा मन्त्री तामाङले उद्योगको नवीकरण र दर्तालाई सहज बनाउन कर्मचारीलाई निर्देशन दिइसकेको भन्दै अब कसैले पनि उद्योग दर्ता र नविकरण गर्दा हैरानी व्यहोर्नु नपर्ने बताइन् । साधारण सभाको बन्द सत्रले अध्यक्ष गिरीले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन, उपाध्यक्ष रामशरण नेपालले प्रस्तुत गरेको भावी योजना, महासचिव उपेन्द्र शर्मा आचार्यले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष विनोद घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मत पारित भएको संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले जानकारी दिए ।

 उद्घाटन कार्यक्रममा प्रदेश सांसदहरु कृष्ण खनाल, विनुरायमाझी पौडेल, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारी, कालिकाका मेयर विनोद रेग्मी, नेकपा एमालेका जिल्ला अध्यक्ष कमलराज पाठक, माओबादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, रास्वपाका जिल्ला अध्यक्ष कृष्णप्रसाद भूषाल, राप्रपाका जिल्ला अध्यक्ष रुद्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
January 17, 2025
नवौं दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्स

चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]

January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram