Listen Live: 

रत्ननगर उवासंघको साधारण सभा : आर्थिकमन्दीको असरप्रति चिन्ता व्यक्त

Radio Chitwan
शनिबार, मंसिर १, २०८१

रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघको २५औं बार्षिक साधारण सभा शनिबार गरिएको छ । वागमती प्रदेश सरकारकी उद्योग,बाणिज्य,भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले उद्घाटन गरेको सो साधारण सभामा संघका अध्यक्ष शंकर गिरीले व्यवसायी सुरक्षा, आर्थिक मन्दीको असर न्यूनीकरण, पर्यटन पूर्वाधार निर्माण, औद्योगिक क्षेत्र निर्माण, सडक सञ्जाल, दोहोरो कर नीतिको अन्त्य लगायतका विषयमा सरकारको ध्यानर्कषण गराइका छन् । १६बुँदै प्रस्ताबमा उनले प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा औद्योगिकग्राम सञ्चालन गर्न नीतिगत व्यवस्था गरेको भन्दै जग्गा प्राप्ती देखि सञ्चालन सम्म उद्योग बाणिज्यसंघलाई सहभागी गराउन आग्रह गरेका छन् । 

सरकारी अनुदानले बजारमा प्रतिस्पर्धा भन्दा पनि विकृति बढाएको भन्दै अध्यक्ष गिरीले सरकारी अनुदानलाई उत्पादनसंग जोड्ने र व्यवसायीलाई प्राथमिकता दिनुपर्ने बताए । 

शक्तिखोरमा औद्योयिक क्षेत्र निर्माण, उद्योग दर्तामा एकद्धार प्रणाली, महिला उद्यमीलाई दर्तामा ५० प्रतिशत छुटको व्यवस्था गर्न उनले सरकारसंग माग गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले आर्थिक मन्दीको असर निराकरण गर्ने तर्फ सरकारले ध्यान नदिको भन्दै तीन बर्षदेखि व्यवसायीहरु आर्थिक मन्दीको चपेटामा रहेको बताए । 

नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष अमृत भट्टचनले आर्थिक मन्दी र अहिलेको राजनीतिक परिदृश्यले व्यवसायीको अनुहारमा हासो हराएको बताए । कार्यक्रममा मन्त्री तामाङले उद्योगको नवीकरण र दर्तालाई सहज बनाउन कर्मचारीलाई निर्देशन दिइसकेको भन्दै अब कसैले पनि उद्योग दर्ता र नविकरण गर्दा हैरानी व्यहोर्नु नपर्ने बताइन् । साधारण सभाको बन्द सत्रले अध्यक्ष गिरीले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन, उपाध्यक्ष रामशरण नेपालले प्रस्तुत गरेको भावी योजना, महासचिव उपेन्द्र शर्मा आचार्यले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष विनोद घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मत पारित भएको संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले जानकारी दिए ।

 उद्घाटन कार्यक्रममा प्रदेश सांसदहरु कृष्ण खनाल, विनुरायमाझी पौडेल, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारी, कालिकाका मेयर विनोद रेग्मी, नेकपा एमालेका जिल्ला अध्यक्ष कमलराज पाठक, माओबादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, रास्वपाका जिल्ला अध्यक्ष कृष्णप्रसाद भूषाल, राप्रपाका जिल्ला अध्यक्ष रुद्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram