Listen Live: 

तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुदै

Radio Chitwan
बुधबार, कार्तिक १४, २०८१

कार्तिक १४ गते । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुऱ्याउने उद्देश्यले कृषि, पर्यटन र संस्कृतिको क्षेत्रलाई प्राथमिकता दिदै महोत्सव आयोजना गरिएको आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । महोत्सवमा विभिन्न पेशा, व्यापार, उद्योग, व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी करिव २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनु‌मान गरिएको छ । करिव एक करोड बाह्र लाखको लगानीमा सञ्चालन हुन लागेको यस बृहत महोत्सवमा सवारी साधनहरुसहित गरी करिव १५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको उद्योग बाणिज्य संघ खैरहनिका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले जानकारी दिए । “पर्यटन, कृषि, उद्योग र व्यापार, खैरहनी नगर विकासको मूल आधार” भन्ने मूल नाराकासाथ तेस्रो खैरहनी महोत्सव- २०८१, लदरा खोला किनार, खैरहनी-२ मा आयोजना हुनेछ । महोत्सवमा २५० वटा स्टल रहनेछ । महोत्सवमा कृषि प्रदर्शनी तथा प्रतियोगिता,क्रेता बिक्रेता अन्तरक्रिया कार्यक्रम,स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, राष्ट्रियस्तरका व्यावसायिक गोष्ठी तथा सेमिनार,शैक्षिक, अटो यातायात प्रदर्शनी, खाना तथा सांस्कृतिक महोत्सव,पर्यटन प्रवर्द्धनका विविध कार्यक्रमहरु बाल उद्यानको व्यवस्था, सेल्फी जोनको व्यवस्था,फ्रि वाईफाई, स्वास्थ्य शिविर संचालन हुने संयोजक खनालले बताए ।
तेस्रो खैरहनी महोत्सवको अवसरमा पर्सा बजारको चिनारी तथा बजा प्रवर्धन गर्ने लक्ष्यका साथ म्या‌ङ्गो जनज्योति सिनेमाहल क्षेत्रमा पौष १३ गते देखि १५ गतेसम्म फूड फेस्टिबलको आयोजना गर्ने, खैरहनी नगरपालिकासँग समन्वय गरी मौरीपालक किसानहरुको प्रोत्साहनको लागि महको प्रवर्धनमा जोड दिने ,व्यवसायिक साझेदारी प्रयास स्वरुप महोत्सवको प्रवेश टिकटको आधारमा म्याड्‌ङ्गो जनन्योति सिनेमा हल र मौलाकालिका केबलकारको टिकटमा ५०% छुटको व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा उद्योग बाणिज्य महासंघ बागमती प्रदेश उपाध्यक्ष गुणराज श्रेष्ठ ,संघका पुर्व अध्यक्षहरु ,पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनना बोल्दै उद्योग बाणिज्य महासंघ बागमती प्रदेश उपाध्यक्ष गुणराज श्रेष्ठले पहिलो र दोस्रो महोत्सव सफल बनाईसकेकाले पहिलाको अनुभव लिएर तेस्रो पटकको महोत्सवलाई पनि सफल बनाउने बताए । यस पटकको महोत्सवलाई जिल्लाका सबै स्थानीय तहले अपनत्व लिएकाले थप उर्जा मिलेको श्रेष्ठले जानकारी दिए ।

संघले महोत्सवको लक्ष्य र उदेश्य निम्नानुसार रहेको छ ।
१) उद्योगी र उपभोक्ताहरुको सोझो सम्पर्कको स्थापना गराई व्यवसाय वृद्धि गर्ने ।
२) उत्पादित बस्तुहरुको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने ।
३) उद्योगीहरुका बीच समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने ।
४) उपलब्ध प्रविधि हस्तान्तरणमा सहयोग पुऱ्याउने ।
५) औद्योगिक पर्यटनलाई बढावा दिन सूचना र प्रविधिको आदानप्रदान गर्ने र पर्यटन तथा सूचना केन्द्र संचालन गर्ने ।
६) कृषकहरुलाई कृषि उपजको विषयमा जानकारी प्रदान गर्ने ।
७) आन्तरिक एवम बाह्य पर्यटकको जमघट गराई पर्यटन प्रवर्द्धन गराउने ।
८) नयाँ सम्भावनाको खोजी, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने ।
९) व्यवसायी, दर्शक उपभोक्ताहरुका राय, सल्लाह तथा सुझावहरु संकलन गर्ने ।
१०) निकासी योग्य वस्तुहरुको पहिचान र प्रवर्द्धनमा सहयोग पुऱ्याउने ।
११) साना तथा मझौला व्यवसायी एवम् निकासीकर्ताहरुवीच प्रत्यक्ष सम्पर्क एवम् व्यापारिक कारोबारको संभावना खोजी गरि ब्यापारलाई बढावा दिने लगायत रहेका छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram