Listen Live: 

एमाले चितवनको शुभकामना कार्यक्रम सम्पन्न

Radio Chitwan
बुधबार, कार्तिक १४, २०८१

चितवन,
नेकपा एमाले चितवनद्वारा नेपालीहरुको महान् पर्व विजया दशमी, शभु–दीपावली, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।आज मंगलबार एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा एमाले महासचिव शंकर पोख्रेलले संवोधन गरे ।कार्यक्रमलाई संवोधन गर्दै महासचिव पोख्रेलले एमाले नेतृत्वको सरकारले रवि लामिछानेमाथि अन्याय नगरेको बताएका छन् । सबै दल मिलेर बनेको संसदीय छानविन समितिले दिएको प्रतिवेदनको कार्यान्वयन मात्र सरकारले गरेको बताउँदै उनले एमालेले कुनै प्रतिसोधको राजनीति नगरेको बताए । व्यक्ति केन्द्रीत भएर छानविन समिति नबनाउँ भन्ने पार्टी एमाले नै भएको स्मरण गर्दै उनले त्यतिखेर रास्वपाले नै छानविनि समिति बनाउँदा हुन्छ भनेको स्मरण गराए । उक्त छानविनि समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा रवि लामिछाने पक्राउ परेको उनले कार्यकर्तामाझ स्पष्ट पारे ।

उनले रवि लामिछानेले चलाएको नयाँ खोज्ने हिप्नोटिजमको शिकार चितवन भएको बताएका छन् । उनले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ गरेको चितवन रवि लामिछानेको स्टन्टबाजी र हिप्नोटिजमको शिकार भएको बताएका हुन् ।

एमालेले नयाँ सोच बनाएर ल्याएको नेतालाई परीक्षणको मौका नदिई खराब हुन् भन्दा जनताले पत्याउँदैनन् भनेर पटकपटक काम गर्ने मौका दिएका बताए । त्यही मौका दिन रवि लामिछानेलाई दुईदुई पटक एमालेले नै पहलकदमी लिएर गृहमन्त्री बनाएको बताए । ‘त्यो समय उनले के काम गरे भन्ने कुरा चितवनकै जनताले पनि निकै छिटो थाहा पाउनुभयो भन्ने लाग्दछ’ उनले भने ।

उनले रवि लामिछानेसहितको समुहले संगठित रुपमा सहकारीको पैसा गोरखा मिडियामा लगेर चाँडै धनी हुने सपना देखेको बताएका छन् । सहकारीको मान्यता विपरित सहकारीको पैसालाई कम्पनीतर्फ डाइभर्ट गर्ने सुनियोजित षड्यन्त्र भएको उनले बताए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश ईन्चार्ज डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य सिता पौडेल पोलिटब्युरो सदस्य एवम् चितवन इन्चार्ज देवीप्रसाद ज्ञवाली, केन्द्रीय सदस्य जेएन थपलिया, एमाले चितवनका अध्यक्ष कमलराज पाठकले संवोधन गरेका थिए । वक्ताहरुले चितवनका नेता कार्यकर्तालाई चाडपर्वहरुको शुभकामना दिँदै पार्टीको काममा दृढ भएर लाग्न र पार्टीविरुद्ध गलत र भ्रामक प्रचार भइरहेको भन्दै त्यसको खण्डन गरी जनतालाई बुझाउन आग्रह गरेका छन् ।कार्यक्रमा पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्ता, जनवर्गीय संगठनका विभिन्न कमिटीका नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । एमाले चितवनका सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा उपसचिवहरु मिन बहादुर परियार र ज्वालापुरी वनले सहजीकरण गरेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram