Listen Live: 

बछौलीमा स्वास्थ्य शिविर : ४१५ जनाको स्वास्थ्य परीक्षण

Radio Chitwan
आइतवार, कार्तिक ११, २०८१

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ७ बछौलीमा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ४१५ जनाको उपचार गरिएको छ । ग्रिन सोसाइटी नेपाल र ग्रिन सोसाइटी पब्लिक स्कुलले सयुक्त रुपमा आयोजना गरिएको शिविरमा २२९ जनाको आँखाको उपचार सहित ४१५ जनाले स्वास्थ्य सेवा लिएको ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियारले जानकारी दिए । बाढी प्रभावित समुदाय र विपन्न समुदायको स्वास्थ्य रक्षाको लागि ग्रिन सोसाइटी नेपालको भवनमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको उनले जानकारी दिए । शिविरमा विशेषज्ञ डाक्टरहरुबाट आँखा, नाककान घाँटी, बाल रोग,छाला तथा जनरल फिनिसियन रोगको उपचार गरिएको थियो । शिविरमा उपचार गराएका विरामीहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो । गैंडा सामुदायिक पर्यटन सहकारी संस्था, चितवन मेडिकल कलेज,सौराहा समुदायिक पुस्तकालय,नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालको सहकार्यमा शिविर आयोजना गरिएको हो । ग्रिन सोसाइटी नेपालका महासचिव परियारले विदेशी नागरिकको सहयोगमा चितवनका सिमान्तकृत चेपाङ समुदायको शिक्षा र स्वास्थ्यको लागि शिविर र शैक्षिक सामग्री वितरण गर्दै आएको बताए । आर्थिक अभावका कारण उपचार र शिक्षाबाट बन्चित समुदायलाई निरन्तर सहयोग गर्दै आएको उनको भनाई छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram