Listen Live: 

स्काइराइडराबाट कक्षा १२ मा उतीर्ण विद्यार्थीलाई पुरस्कृत

Radio Chitwan
आइतवार, कार्तिक ११, २०८१

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा रहेको स्काइराइडर आवासीय माविले कक्षा १२ को परीक्षामा सर्वोत्कृत, उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत तथा उर्तिण भएका विद्यार्थीलाई सम्मान तथा विदाई गरेको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सर्वोत्कृष्ट अंक ल्याउने पुजग डल्लाकोटी र अनिस भट्ट, उत्कृष्ट अंक ल्याउने निभा श्रेष्ठ र राज अर्याललाई सम्मान सहित पुरस्कृत र उर्तिण भएका अन्य विद्यार्थीलाई सम्मान सहित विदाई गरिएको विद्यालयका प्राचार्य मदन पुरीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रलाद सापकोटा र प्राचार्य पुरीले डल्लाकोटी र भट्टलाई जनही नगद रु ३५ हजार तथा श्रेष्ठ र अर्याललाई जनही रु १० हजार पुरस्कार सहित सम्मान गरेका थिए । कक्षा १२ को परीक्षामा सो विद्यालयबाट ३३९ जना उतीर्ण भएका थिए । सो विद्यालयले सर्वोत्कृष्ट र उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सत प्रतिशत छात्राबृत्ती, ३ दशमलब ८ जीपीयबाट माथि अंक ल्याउने विद्यार्थीलाई ६ महिना र ३ दशमलब ५ जीपीए भन्दा माथि अंक ल्याउने विद्यार्थीलाई तीन महिनाको छात्राबृत्ती प्रदान गरिएको प्राचार्य पुरीले जानकारी दिए । कार्यक्रममा मेयर सापकोटाले स्थानीय सरकारले शिक्षालाई उच्च प्राथमिकता दिँदै बार्षिक रुपमा लगानी बढाउदै लगेको बताए । विपन्न समुदायका बालबालिकाहरुको पढ्न पाउने अधिकार सुनिश्चिताको लागि स्थानीय सरकार लागि परेको भन्दै उनले आर्थिक अभावकै कारण कोही पनि शिक्षाबाट बन्चित हुनुनपर्ने बताए । प्राचार्य मदन पुरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष पोटबहादुर घिमिरे, शिक्षक अभिभावक संघका अध्यक्ष सरोजराज लामिछाने लगायतले मन्तव्य राखेका थिए । विद्यालयका सहायक प्राचार्य नारायणप्रसाद श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रम शिक्षक नवराज तिमिल्सिनाले सञ्चालन गरेका थिए । २०४२ सालमा स्थापना भएको सो विद्यालयमा हाल ३ हजार ५०० विद्यार्थी अध्यायनरत छन् । स्काइराइडरमा कक्षा नर्सरी देखि १२ सम्म पढाई हुँदै आएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram