कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नेपाल निवृत्त शिक्षक समाज रत्ननगर नगर समितिको प्रथम साधारण सभा,कार्यलय उद्घाटन कार्यक्रम सम्पन्न

निरुता बि.क.
रत्ननगर, २६ चैत्र । नेपाल निवृत्त शिक्षक समाज रत्ननगर नगर समितिको प्रथम साधारण सभा, कार्यलय उद्घाटन एवम् शिक्षक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाल निवृत्त शिक्षक समाज रत्ननगरका अध्यक्ष ऋषिराम बरालको अध्यक्षतामा आज (शनिवार) रत्ननगर २ नेपाल माबि स्कुलमा भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल निवृत्त शिक्षक समाजका केन्द्रिय अध्यक्ष धु्रवराज शर्मा अर्यालले कार्यक्रमको उद्घाटन गर्नुभएको छ । अध्यक्ष अर्याललाई मायाको चिनो प्रदान गरिएको थियो ।

उहाले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभएको हो । कार्यक्रमा नेपाल निवृत्त शिक्षक समाज रत्ननगरका अध्यक्ष ऋषिराम बरालले शुभकामना व्यक्त गर्नुभएको छ । उहाले उपस्थित सम्पूर्णमा २०७७ साल फागुन १५ गते रत्ननगर भित्रका करिव १३० जनाको भेलाले नेपालमा नै पहिलो पालिका स्तरको कमिटी गठन भएको बताउनुभएका हो । उक्त कार्यक्रमा नेपाल मा.वि. र र.न.पा. २ मा नै भएको थियो । उहाले भन्नुभयो २०७९ सालको क्यालेण्डर र शुभकामना प्रकाशन गरी वितरण गरेको कुरा रेडियो चितवनलाई जानकारी दिनुभयो । कार्यक्रममा सदस्य लक्ष्मीकान्त अधिकारी, गोविन्द प्रसाद रिजाल (खोलाकी),तिर्थराज न्यौपाने केन्द्रिय सदस्य चन्द्रकान्त न्यौपानेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सचिव विमल प्रसाद अधिकारीले (नेनिशिस) रत्ननगरको प्रथम वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७७र७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाले एक वर्षको अवधिमा नगरसमितिलाई उच्च मार्ग सम्म ल्याउन कार्य समिति, विभिन्न उपसमितिहरु, सल्लाहाकारहरु,एवम् सम्पूर्ण निवृत्त मित्रहरुको योगदान रहेको बताउनुभएको हो । कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाज रत्ननगरको कोषाध्यक्ष खड्का प्रसाद शर्माले आर्थिक वर्ष २०७७र७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाले भन्नुभयो आर्थिक विकास नै देश विकासको मेरुदण्ड हो, आर्थिक विकास नभइकन कुनै पनि क्षेत्रको विकास हुन नसक्ने भएकोले अझ शिक्षा क्षेत्र जस्तो महत्वपूर्ण क्षेत्रको विकासमा बढी लगानी गर्न सक्यो भने साचे जस्तो प्रतिफल प्राप्त गर्न सकिन्छ । देशमा दक्ष र योग्य जनशक्ति उत्पादन गर्नको लागी आर्थिक पक्ष सबल हुनु पर्र्ने बताउनुभयो । यसै क्रममा नेपाल निवृत्त शिक्षक समाजका जिल्ला कार्यसमिति अध्यक्ष कमलिकान्त घिमिरले शुभकामना मन्तव्य व्यक्त गर्दै (नेनिशिस) को जिल्लाको साधारण सभा बैशाख ६ गते हुने रेडियो चितवनलाई जानकारी दिनुभएको छ ।

साथै उहाले कार्यक्रममा उपस्थित सबैलाई उक्त साधारण सभामा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गर्नुभएको छ । (नेनिशिस) नगर समिति सल्लाहाकार सितादेवि शर्मा रेग्मीले शुभकामना व्यक्त गर्दै कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । (नेनिशिस) रत्ननगरका आजिवन सदस्य हरी प्रसाद घिमिरेले शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै क्षेत्र नं. २ का पूर्व अध्यक्ष मोहन भट्टराई (नेनिशिस) केन्द्रिय सदस्य भीम बहादुर थापा, सदस्य जलेश्वर प्रसाद चौधरी, भिमसेन भण्डारी,उमाकान्त भट्टराइ,डम्बर बहादुर रिजाल लगायतको उपस्थिती रहेको थियो । सचिव विमल प्रसाद अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा अभ्यक्ष बरालले कार्यक्रमको समापन गर्नुभएको थियो ।



चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

