चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी वार्षिक साधारण सभा, विभिन्न विधामा सम्मान
कालिका । जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था लिमिटेडले शनिबार १७ अौ वार्षिक साधारण सभा शनिवार सम्पन्न गरेकाे छ ।
कालिकाकाे खाेलिसिमल स्थित कालिका ब्यान्क्वेट भएकाे साधारण सभामा अध्यक्ष द्राेणाचार्य रेग्मीले बार्षिक प्रतिवेदन एवं भावी कार्ययाेजना प्रस्तुत गरेका थिए ।
कालिका नगरपालिका कृषि र पर्यटन क्षेत्रकाे बिकास र विस्तारमा लागि परेकाे नगरपालिकाकी उपप्रमुख विमला तमाङले वताईन । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी तमाङले सानाकिसान मार्फत किसान दाजुभाईकाे जीवन स्तरमा ठुलाे सफलता मिलेकाे बताईन ।
सहकारीहरुले ऋण लगानी गर्दा उत्पादन क्षेत्रमा विशेष गरि कृषि र पर्यटन क्षेत्रमा लगानी गर्न सके लगानी सुरक्षीत समेत हुने उप प्रमुख तमाङले बताईन ।
त्यस्तै कार्यक्रममाका विशिष्ट अतिथि जिल्ला सहकारी संघ चितवनका वरिष्ठ उपाध्यक्ष प्रेमनाथ दुवाडीले सहकारीले ऋण लगानी गर्दा लगानी सुरक्षित गर्नु पर्ने वताएका छन । सहकारी सस्था सहकारीकाे मूल्य र मान्यतामा अाधारीत नभई अाफु खुसी सञ्चालन गर्दा सहकारी सञ्चालनमा नै सम्स्या भएकाे वताए । चितवन मुख्य कार्यालय रहेकाे सहकारीमा अहिले देशमा देखियकाे जस्ताे अप्ठ्यारो अवस्थामा नरहेकाे समेत उनले वताई ।
सहकारीले ऋण लगानी सगसंगै सस्थाकाे जगेडाकाेषमा पनि ध्यान दिन सके सहकारी सञ्चालनमा सहज हुने दुवाडीले बताए ।
साधारण सभाकाे अवसरमा संस्थाका सेयर सदस्यका परिवारवाट एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने ,निश्चल अाचार्य र अनिशा भुजेललाई सम्मान गरेकाे संस्थाकाे प्रवन्ध निर्देशक नारायण ले वताए ।
त्यस्तै उत्कृष्ट काराेबार गर्ने संस्थागत तर्फ सामुदायिक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र गडुवा खानेपानी तथा सरसफाई व्यवस्थापन समितिलाई सम्मान गरेकाे छ । भने समूह तर्फ जनचेतना बचत समूह र बाग्लुङ बचत समुहलाई सम्मान गरेकाे सहकारीका प्रवन्धक नारायण सुवेदीले बताए । त्यस्तै उत्कृष्ट काराेबार व्यक्ति तर्फ बुद्धि प्रसाद अधिकारी, जानुका परियार , हरि बहादुर लामालाई साधारण सभाकाे अबसरमा सम्मान गरेकाे छ ।
उत्कृष्ट कर्मचारी तर्फ कमल पाख्रिनलाई सम्मान गरेकाे प्रवन्धक सुवेदीले बताए ।
उक्त साधारण सभामा कालिका नगरपालिका का सुचना अधिकारी प्रकाश पौडेल कालिका वत् १ का वडाध्यक्ष सन्तविर स्याङदान, वडा ६ का अध्यक्ष टिकाराम रेग्मी लगायतले बाेल्नु भएकाे कार्यक्रममा सचिव गुणराज दुवाडीले संस्थाकाे वार्षिय प्रतिवेदन प्रस्तुत गर्न भयाे थियाे । त्यस्तै संस्थाका काेषाध्यक्ष अरुण लामाले काेषाध्यक्षकाे प्रतिवेदन , लेखा संयाेजक हरि प्रसाद भण्डारीले लेखा समितिकाे प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । भने संस्थाका उपाध्यक्ष चेत बहादुर थापाले स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]
खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]