Listen Live: 

रत्ननगर खानेपानीको साधारण सभा : भूमिहिनलाई किस्ताबन्दीमा धारा

Radio Chitwan
सोमवार, अशोज २१, २०८१

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थको १४औं बार्षिक साधारण सभा सोमबार गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष माधव प्रसाद अर्यालले आर्थिक बर्ष २०८०÷८१ को बार्षिक प्रतिवेदन तथा आर्थिक बर्ष २०८१÷८२ को प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । सो अबसरमा उनले आगामी आर्थिक बर्षमा रातो कार्ड भएका अपाङ्गलाई निशुल्क, भूमिहिनलाई ५० प्रतिशत छुट दिई किस्ताबन्दीमा धारा जडान गर्ने व्यवस्था मिलाइएको जनाकारी दिए । आगामी आर्थिक बर्षको लागि ९ करोड ८६ लाख ६५ हजार बजेट प्रस्ताब तथा ५५० उपभोक्ता थप गर्ने लक्ष्य रहेको अध्यक्ष अर्यालले जानकारी दिए । साधारण सभाको बन्दसत्रमा सचिव प्रताप डल्लाकोटीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सरस्वती लामाले आर्थिक प्रतिवेदन र लेखा संयोजक जीवन नहरकोटीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अबसरमा मेयर सापकोटाले खानेपानी मानव जीवनलाई नभइ नहुने बस्तुभएका कारण स्वाच्छ खानेपानीका लागि स्थानीय सरकारले सहयोग गर्ने बताए । पानीको मुहान संरक्षण, वितरण प्रणालीमा सुधार र स्रोत संरक्षणमा लगानी गर्न आफु तयार रहेको उनको भनाई छ । कार्यक्रममा उपमेयर यादव प्रसाद पाठकले जलबायु परिवर्तनले खानेपानीको मुहान सुक्दै गएको भन्दै स्रोत संरक्षणमा ध्यान केन्द्रित गर्न आग्रह गरे । मेयर सापकोटाले स्वाच्छ खानेपानीका लागि स्थानीय सरकारले सहयोग गर्ने बताए । पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले खानेपानीमा आयकर लगाउने सरकारको निर्णय गलत रहेको भन्दै फिर्ता लिन आग्रह गरे । कार्यक्रममा उत्कृष्ट उपभोक्ता तथा कर्मचारी, निर्तमान कार्यसमिति र लेखा समितिलाई सम्मान गरिएको थिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख सुन्दर सुवेदी, संस्थाका पूर्व अध्यक्ष महेश प्रसाद रौनियार, नेपाली कांग्रेसका नगर उपसभापति कमलनाथ अधिकारी, एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल, माओवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल, राप्रपाका नगर अध्यक्ष गोविन्द अधिकारी, एकीकृत समाजवादीका नगर उपाध्यक्ष रामहरि अधिकारी लगायतले मन्तव्य राखेका थिए । अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले स्वागत मन्तव्य राखेका थिए । सो संस्थाले आर्थिक बर्ष २०८०÷८१ मा १ करोड ८४ लाख ४९ हजार ४८४ रुपैया मुनाफा गर्न सफल भएको छ । साधारण सभामा कोषाध्यक्ष सरस्वती लामाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा ५ करोड २३ लाख ४१ हजार ८१० आम्दानी भएकोमा ३ करोड ३८ लाख ९२ हजार ३२६ खर्च कटाएर १ करोड ८४ लाख ४९ हजार ४८४ रूपैया मुनाफा भएको जनाएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram