कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगरमा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको छ । माधवपुर माविमा सञ्चालन हुने सो कक्षामा ३५ जनाको सहभागिता रहेको छ । विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईँ र वडा नं १५ का वडाध्यक्ष आशिक तामाङले सयुक्त रुपमा उद्घाटन गरेका थिए । रत्ननगरका युवाहरुलाई सरकारी सेवामा रोजगारी र्सिजना गर्ने उद्देश्यले लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा सुरु गरिएको वडाध्यक्ष तामाङले बताए । लोकसेवा तयारी कक्षा सुरु गर्नुको उद्देश्य धेरै छन उनले भने युवाहरु विदेश पलायन रोक्ने, रोजगारी र्सिजना गर्ने र निजामती सेवामा युवाहरुलाई प्रवेश गराउने प्रमुख उद्देश्य हो । उनले सीप विकासका तालिम भन्दा सरकारी सेवामा प्रवेशका लागि गरिएको लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा प्रभावकारी देखिएको बताए । शिक्षा आर्जन गरेका युवाहरु बेरोजगार हुने समस्या विद्यामान रहेको भन्दै वडाध्यक्ष तामाङले निजामती मार्फत देशको सेवामा युवाहरुलाई प्रवेश गराउन तयारी कक्षा गरेका हौं । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास समितिका संयोजक चापागाईँले स्थानीय सरकारले युवाहरुलाई निजामती सेवामा प्रवेश गराउन गरिएको तयारी कक्षा अनुपम उदाहरण भएको बताए । वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरेले स्थानीय सरकारको रुपमा रहेको वडा कार्यालयले सुरु गरेको तयारी कक्षा युवाहरुको लागि महत्वपूर्ण अबसर भएको बताए । लोकसेवा सारथि प्रा.लि.को सहजीकरणमा सुरु गरिएको उक्त कक्षामा लोकसेवा तर्फ नायब शुब्वा र शिक्षा सेवा आयोग तर्फ प्रावि, निमावि र मावि तहको तयारीको लागि विषयहरु पढाई हुने छ । वडा सदस्य शिवप्रसाद तिवारीले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रममा वडा सदस्यहरु लीलादेवी पोखरेल, रुकमाया परियार,लोकसेवा सारथि प्रा.लिका सञ्चालक महेश घिमिरे, पान्चायन दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष सन्दिप रेग्मी, माधवपुर खेलकुद विकास समितिका अध्यक्ष गणेश तामाङ, विद्यालयका अध्यक्ष रामकृष्ण खड्का, प्रधानाध्यापक रमेश भट्ट लगायतको उपस्थिति रहेको थियो । वडा सचिव नवराज तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए । सो वडा कार्यालयले अघिल्ला दुई बर्षमा ६९ जनालाई लोकसेवा तयारी कक्षा सञ्चालन गरेका थियो ।









चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]