Listen Live: 

कालिका मा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न

Radio Chitwan
सोमवार, अशोज १४, २०८१

लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे प्रशिक्षणमा सम्पन्न भएकाे कार्यक्रममा कालिका नगरपालिकाका विभिन्न समुदायका ३० जना युवाहरूकाे सहभागिता रहेकाे थियाे । एक समाराेहका बिच कालिका नगरपालिकाका प्रमुख विनाेद रेग्मीकाे प्रमुख अातिथ्यतामा उक्त कार्यक्रमकाे समापन गरिएकाे थियाे कार्यक्रममा नगर प्रमुख विनाेद रेग्मीले समृद्ध नगर बनाउनकाे लागि सबैकाे भुमिका अपरिहार्य रहेकाे र यसमा युवाहरूले विशेष भुमिका खेल्नुपर्ने कुरा व्यक्त गर्नुभएकाे थियाे ।

। कार्यक्रममा युवा संजालका उपाध्यक्ष कृति परियार, समावेशी टाेलका सुनिता रूम्बा लगायतले तालिमकाे महत्वकाे विषयमा मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रममा सरसफाईकाे क्षेत्रमा उत्कृष्ट काम गरेबापत समावेशीटाेलका सुनिता रूम्बा र गुराैचाैरका निर्मला कुमाललाई पुरस्कृत गरिएकाे थियाे ।

आन्य समाचारहरु:-
September 29, 2024
चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया,७ दिनको शिशुदेखि ७८ वर्षिय बृद्धासम्मको उपचार

स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]

September 28, 2024
पेवा साकोसको साधारण सभा : एक बर्षमा एक करोड बढी मुनाफा

रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]

September 28, 2024
चितवनको पाँच स्थानमा भारी वर्षा रेकर्ड, नारायणीले देवघाटमा नाघ्यो खतराको तह

चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]

September 27, 2024
पेवा साकोसको पिठुवा सेवा केन्द्र केन्द्रीत साधारण सभा सम्पन्न

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार पिठुवा सेवा केन्द्रमा १२ औं बार्षिक साधारण सभा गरेको छ । रत्ननगर […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram