कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया,७ दिनको शिशुदेखि ७८ वर्षिय बृद्धासम्मको उपचार

स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ जनाको मुटुमा जाली हालिएको छ । त्यस्तै ७१८ जनाको मुटुमा ब्याट्री राखिएको कलेजका कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिए । ३०७ वटा मुटुको भल्व खोल्ने, २ हजार १९२ वटा मुटुमा आउने नसाको शल्यक्रिया र १ हजार ८६० जनाको मुटुको जाँच गरिएको उनले बताए ।
चितवन मेडिकल कलेजमा २०६९ सालबाट मुटुरोग विभाग स्थापना गरिएको थियो । सिटिभिएस मार्फत हालसम्म १ हजार ३०० जनाको शल्यक्रिया गरिएको छ । सिटिभिएस भनेको कार्डियो भास्कुलर थेरापिक सर्जरी हो । यो अवधिमा सात दिनको बच्चादेखि ७८ वर्षको बुद्धसम्मको शल्यक्रिया गरिएको कार्यकारी निर्देशक देवकोटाले जानकारी दिए ।
मेडिकल कलेजले न्यूक्लियर कार्डियोलोजी सेवा समेत दिँदै आएको छ । यसले मुटुको काम गर्ने क्षमता नाप्ने काम गरिन्छ । बालबालिकाहरुको मुटु रोग पहिचान र निदान गर्नका लागि मेडिकल कलेजले बाल मुटुरोगको छुट्टै युनिट स्थापना गरिएको जनाएको छ । नेपालमा हरेक वर्ष जन्मजात ६ हजार मुटुरोगका शिशुको जन्म हुन्छ । समयमा उपचार पाए यस्ता विरामी ९९ प्रतिशत निको हुने डाक्टर उदित मिश्रले जानकारी दिए । उनका अनुसार बयस्कहरुमा हुने मुटुरोग जीवनशैलीको कारण लाग्छ भने बाल मुटुरोग धेरैजसा जन्मजात तथा अन्य समस्याले हुने गर्दछ ।
मानिसहरुको जिवनशैलीका कारण मुटुरोगका बिरामी बढ्दै समेत गएका छन् । यस कलेजमा मात्रै दैनिक दुई सय जना मुटुरोग सम्बन्धी समस्या लिएर आउने गरेको मुटुरोग विशेषज्ञ प्रा.डा. श्यामराज रेग्मीले जानकारी दिए । उनका अनुसार सूर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ खानपान, मोटोपन, शारीरिक निस्क्रियता, मदिराजन्य वस्तुको प्रयोग, वायू प्रदुषण, मानसिक तनावका कारण मुटुमा समस्या हुने गर्दछ । यी विषयमा ध्यान दिएमा ८० प्रतिशत मुटुरोगीहरुले अकालमा मृत्युवरण गर्न नपर्ने उनले बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

