Listen Live: 

चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया,७ दिनको शिशुदेखि ७८ वर्षिय बृद्धासम्मको उपचार

Radio Chitwan
आइतवार, अशोज १३, २०८१

स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ जनाको मुटुमा जाली हालिएको छ । त्यस्तै ७१८ जनाको मुटुमा ब्याट्री राखिएको कलेजका कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिए । ३०७ वटा मुटुको भल्व खोल्ने, २ हजार १९२ वटा मुटुमा आउने नसाको शल्यक्रिया र १ हजार ८६० जनाको मुटुको जाँच गरिएको उनले बताए ।

चितवन मेडिकल कलेजमा २०६९ सालबाट मुटुरोग विभाग स्थापना गरिएको थियो । सिटिभिएस मार्फत हालसम्म १ हजार ३०० जनाको शल्यक्रिया गरिएको छ । सिटिभिएस भनेको कार्डियो भास्कुलर थेरापिक सर्जरी हो । यो अवधिमा सात दिनको बच्चादेखि ७८ वर्षको बुद्धसम्मको शल्यक्रिया गरिएको कार्यकारी निर्देशक देवकोटाले जानकारी दिए ।

मेडिकल कलेजले न्यूक्लियर कार्डियोलोजी सेवा समेत दिँदै आएको छ । यसले मुटुको काम गर्ने क्षमता नाप्ने काम गरिन्छ । बालबालिकाहरुको मुटु रोग पहिचान र निदान गर्नका लागि मेडिकल कलेजले बाल मुटुरोगको छुट्टै युनिट स्थापना गरिएको जनाएको छ । नेपालमा हरेक वर्ष जन्मजात ६ हजार मुटुरोगका शिशुको जन्म हुन्छ । समयमा उपचार पाए यस्ता विरामी ९९ प्रतिशत निको हुने डाक्टर उदित मिश्रले जानकारी दिए । उनका अनुसार बयस्कहरुमा हुने मुटुरोग जीवनशैलीको कारण लाग्छ भने बाल मुटुरोग धेरैजसा जन्मजात तथा अन्य समस्याले हुने गर्दछ ।

मानिसहरुको जिवनशैलीका कारण मुटुरोगका बिरामी बढ्दै समेत गएका छन् । यस कलेजमा मात्रै दैनिक दुई सय जना मुटुरोग सम्बन्धी समस्या लिएर आउने गरेको मुटुरोग विशेषज्ञ प्रा.डा. श्यामराज रेग्मीले जानकारी दिए । उनका अनुसार सूर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ खानपान, मोटोपन, शारीरिक निस्क्रियता, मदिराजन्य वस्तुको प्रयोग, वायू प्रदुषण, मानसिक तनावका कारण मुटुमा समस्या हुने गर्दछ । यी विषयमा ध्यान दिएमा ८० प्रतिशत मुटुरोगीहरुले अकालमा मृत्युवरण गर्न नपर्ने उनले बताए ।

आन्य समाचारहरु:-
January 17, 2025
नवौं दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्स

चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]

January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram