Listen Live: 

पेवा साकोसको साधारण सभा : एक बर्षमा एक करोड बढी मुनाफा

Radio Chitwan
शनिबार, अशोज १२, २०८१

रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ ।

शनिबार आयोजना गरिएको सो संस्थाको १२औं बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिबेदनमा आर्थिक बर्ष २०८०/८१ मा १ करोड ११ लाख ४४ हजार मुनाफा भएको जनाइएको छ । ५ करोड २९ लाख १० हजार आम्दानी गरेको सो संस्थाले ४ करोड १७ लाख ६५ हजार खर्च कटाएर १ करोड ११ लाख ४४ हजार मुनाफा गरिएको संस्थाका अध्यक्ष नवराज तिमल्सिनाले जानकारी दिए ।

५ करोड ६८ लाख ४४ हजार शेयर पूँजी रहेको सो सहकारीले ३४ करोड ४ लाख ४२ हजार ऋण लगानी गरेको छ । ३४ करोड ९ लाख ७६ हजार बचत संकलन गरेको सो सहकारीले जगेडा कोषमा २ करोड ५२ लाख ८ हजार र अन्य कोषमा १ करोड ३६ लाख रूपैया राखेको छ । वडा नं २ का वडाध्यक्ष राजेन्द्रप्रसाद घिमिरेले उद्घाटन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष तिमल्सिनाले भावी कार्ययोजना, सचिव वालकृष्ण दाहालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष अरुण सिवाकोटीले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक माधव खतिवडाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष तिमल्सिनाले शेयर सदस्यको हितलाई केन्द्रमा राखेर सहकारीले आफ्ना गतिविधि अगाडि बढाएको भन्दै सामाजिक उत्तरदायित्व स्वरुप सामाजिक काम समेग गर्दैै आएको बताए । साधारण सभामा ७ जना ज्येष्ठ नागरिक, १० जना असल ऋणि, १० जना असल बचतकर्ता, ७ जना बालबचतकर्ता, उत्कृष्ट कर्मचारीको रुपमा सुरज थापा, ६ वटा संघसंस्था, विद्याबारिधि सदस्य तर्फ डा। ताराप्रसाद ढुंगाना, समाजसेवी तर्फ उत्तम मास्के, ठाकुरप्रसाद खराललाई सम्मान गरिएको संस्थाका व्यवस्थापक किशोर भट्टराईले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष घिमिरेले नीति, विधि र प्रविधिलाई अबलम्बन गरेर अगाडि बढेका सहकारीहरु जोखिम भन्दा बाहिर हरेको बताए । उनले विपन्न शेयर सदस्यको आर्थिक अबस्था उकासिने गरि उतपादनशिल क्षेत्रमा लगानी गर्न पेवालाई आग्रह गरे । कार्यक्रममा संविधान सभा सदस्य शेषनाथ अधिकारी, वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरे, संस्थापक अध्यक्ष दुर्गाप्रसाद पौडेल, निवर्तमान अध्यक्ष गोविन्द प्रसाद भट्टराई, सल्लहाकार बद्रिप्रसाद अर्याल लगायतले मन्तव्य राखेका थिए ।

सचिव दाहालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष डा। मधुसुदन लामिछानेले स्वागत मन्तव्य राखेका थिए । २०६९ सालमा स्थापना भएको सो सहकारीमा तीन हजार ५६७ जना शेयर सदस्य रहेका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram