कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पेवा साकोसको पिठुवा सेवा केन्द्र केन्द्रीत साधारण सभा सम्पन्न

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार पिठुवा सेवा केन्द्रमा १२ औं बार्षिक साधारण सभा गरेको छ । रत्ननगर वडा नं १४, १५ र १६ का शेयर सदस्यहरुलाई केन्द्रीत गरी साधारण सभा गरिएको हो । वडा नं १५ का वडाध्यक्ष आशिक तामाङ प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष नवराज तिमल्सिनाले बार्षिक प्रगति प्रतिवेदन, वित्तीय विवरण सहित संस्थाको भावि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सा अबसरमा उनले शेयर सदस्यको हितलाई केन्द्रमा राखेर सहकारीले आफ्ना गतिविधि अगाडि बढाएको भन्दै सामाजिक उत्तरदायित्व स्वरुप सामाजिक काम समेग गर्दैै आएको बताए । कार्यक्रममा पिठुवा सेवा केन्द्र अन्तर्गत ज्येष्ठ शेयर सदस्यहरु इश्वरीप्रसाद अधिकारी, शालिकराम गौडेल, भरतप्रसाद भान्त्वना, समाजेवीहरु ठाकुरप्रसाद खराल र ज्ञानशाली न्यौपाने, उत्कृष्ट बचतकर्ताहरु मुक्ति न्यौपाने, तारा आचार्य, शारदा खनाल, देवेन्द्र न्यौपाने, उत्कृष्ट ऋषि तर्फ आशिस लामिछाने, गिरीराज भट्टराई, ध्रुव ढकाल, रामकृष्ण श्रेष्ठ, सीता काप्री, ज्ञानु चुवाई,कुलमाया ढकाल र बालबचतकर्ता सोनी गुरुङलाई सम्मान गरिएको संस्थाका व्यवस्थापक किशोर भट्टराईले जानकारी दिए । कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष तामाङले विपन्न शेयर सदस्यको जीवन स्तर उकास्ने गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गरे । सहकारीका तीन प्रकारका शेयर सदस्यहरु आवद्ध रहेको भन्दै उनले श्रम गरेर पैसा बचत गर्नेको हितमा काम गर्न पेवालाई उनले आग्रह गरे । संस्थाका अध्यक्ष तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १४ का वडाध्यक्ष होमनाथ रानाभाट, वडा नं १६ का वडाध्यक्ष हेमराज थापा, राष्ट्रिय सहकारी बैंक टाँडी शाखा प्रमुख नरेश कामती, नेपाल बचत तथा ऋण सहकारी संघकी टाँडी शाखा प्रमुख ज्योति महतो, संस्थाका संस्थापक अध्यक्ष दुर्गाप्रसाद पौडेल, पाञ्चायन दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष संदिप रेग्मी लगायतले मन्तव्य राखेका थिए । संस्थाका सचिव वालकृष्ण दाहालले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष डा.मधुसुदन लामिछाने स्वागत मन्तव्य राखेका थिए । २०७० सालमा स्थापना भएको सो सहकारीमा ३ हजार ५६७ जना रहेका छन् ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]