कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर १५ का भजन र आमा समुहलाई बाध्यवादन सामग्री

रत्ननगर । रतननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका भजन समूह र आमा समुहलाई बाध्यबादन सामग्री प्रदान गरेको छ । चालु आर्थिक बर्षको बजेटबाट सो वडाले गणेश मन्दिर सहित तीन वटा भवन समुह र दुईवटा आमा समुहलाई बाध्यबादन सामग्री वितरण गरिएको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए । सरस्वती भवन समुहलाई पोसाक, त्रिशक्ति आमा समुहलाई स्पिकर, मादल, खैजेडी, मुजुरा, झुर्मा, कर्ताल, अन्नपूर्ण भजन समुहलाई स्पिकर र पञ्जज्योति आमा समुहलाई तथा सरस्वती आमा समुहलाई स्पिकर, मादल, खैजेडी, मुजुरा, झुर्मा, कर्ताल लगायतका बाध्यबादन सामग्री प्रदान गरिएको वडाध्यक्ष तामाङले जानकारी दिए । सोही अबसरमा वडा भित्रका फुटबल टिमलाई पोसाक र जुत्ता प्रदान गरिएको छ । वडाध्यक्ष तामाङले धर्म संस्कृतिको संरक्षणसंगै युवा पुस्तामा परम्परागत संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले वडा भित्रका आमा समूह र भजन समुहलाई संस्कृतिक सामग्री वितरण गरिएको बताए । हामी धर्म र संस्कृतिको हिसावले धनी छौं उनले भने यसलाई जोगाई राख्ने दायित्व स्थानीय सरकारको हो । वडा सदस्यहरु इमप्रसाद पन्त, शिवप्रसाद तिवारी, लिलादेवी पोखरेल, रुकमाया परियार, लगायतले उपस्थिति रहेको थियो । सो वडा कार्यालयले केही दिन अघि १५ जना सुत्करी तथा गर्भवतीलाई कुखुराको भाले सहित पोष्टिक आहार र आपाङ्गता भएका जीवन घलानलाई इलेक्टिक ह्विलचियर प्रदान गरेको थियो । त्यसैगरी सो वडाले गोरखकाली भजन समूह, शिवज्योति भजन समुहलाई राष्ट्रिय पोसाक वितरण गरेको थियो ।


चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]