चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
बछौली नारी चेतनाको साधारण सभा : उत्कृष्ट बचतकर्ता र असल ऋणि सम्मानित
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ६ बछौलीमा मुख्य कार्यालय रहेको बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको २६आँै बार्षिक साधारण सभा आइतबार गरिएको छ । सो वडाका वडाध्यक्ष किरण महतोले उद्घाटन गरेको सो कार्यक्रममा संस्थाकी अध्यक्ष भागिरथी कुमारी घिमिरेले भावी कार्ययोजना, नीति तथा कार्यक्रम, सचिव शान्ता अधिकारी पराजुलीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष देवकी अधिकारी रिमालले आर्थिक प्रतिवेदन तथा व्यवस्थापक शारदा अधिकारी विडारीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन सहित संस्थाको वित्तीय प्रतिवेदन प्रस्तुत गरेकी थिइन । कार्यक्रममा ज्येष्ठ शेयर सदस्य बसन्ती माझी, निवर्तमान अध्यक्ष वविता चौधरी सम्मान तथा उत्कृष्ट बचतकर्ताहरु लक्ष्मी घलान, विन्दु चौधरी, गीता गिरी र उत्कृष्ट कारोवारी प्रतिभा तिवारीलाई पुरस्कृत गरिएको छ । त्यसैगरी उत्कृष्ट बाल बचतकर्ता सात जना, अधिकतम शेयर रकम पु¥याउने तीन जना, अधिकतम शेयर सदस्य वृद्धि गर्ने एक जना, कम उमेरको बचतकर्ता एक जना, असल कारोबार गर्ने नौं जना, पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्य गरि ११ जना र एसइईमा उत्कृष्ट अंक ल्याउने १३ जनालाई सम्मान तथा पुरस्कृत गरिएको थियो । साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनामा सो सहकारीले आर्थिक बर्ष २०८०÷८१ मा ७१ लाख ५५ हजार ४६३ रूपैया मुनाफा गरेको जनाइएको छ । ४ करोड ६६ लाख ३८ हजार आम्दानी गरेको सो सहकारीले ३ करोड ५५ लाख ३९ हजार खर्च कटाएर ७१ लाख ५५ हजार रुपैया मुनाफा भएको संस्थाकी व्यवस्थापक शारदा अधिकारी विडारीले जानकारी दिइन् । सो सहकारीले जोखिम कोष व्यवस्थापनमा ३९ लाख ४० हजार रूपैया राखेको छ । २०५५ सालमा स्थापना भएको सो सहकारीमा ३ हजार ९४३ जना रहेका छन् । ३ करोड ९७ लाख ९६ हजार शेयर पूँजी रहेको सो सहकारीले २७ करोड ६२ लाख १० हजार रुपैया ऋण लगानी गरेको छ । २८ करोड ५८ लाख ७३ हजार बचत संकलन गरेको सो सहकारीले १ करोड ५१ लाख ५९ हजार जगेडा कोषमा राखेको छ। संस्थाको कुल पूँजी ३६ करोड ९७ लाख ७८ हजार रहेको छ । संस्थाकी अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाई, कार्यपालिका सदस्य वविता चौधरी, गैंडा पर्यटन सहकारी संस्थाका अध्यक्ष अनिल अर्याल लगायतले मन्तव्य राखेका थिए । संस्थाकी सचिव पराजुलीले सञ्चालन गरेको उक्त कार्यक्रम संस्थाकी उपाध्यक्ष पवित्रादेवी घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन ।
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]