Listen Live: 

बछौली नारी चेतनाको साधारण सभा : उत्कृष्ट बचतकर्ता र असल ऋणि सम्मानित 

Radio Chitwan
आइतवार, अशोज ६, २०८१

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ६ बछौलीमा मुख्य कार्यालय रहेको बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको २६आँै बार्षिक साधारण सभा आइतबार गरिएको छ । सो वडाका वडाध्यक्ष किरण महतोले उद्घाटन गरेको सो कार्यक्रममा संस्थाकी अध्यक्ष भागिरथी कुमारी घिमिरेले भावी कार्ययोजना, नीति तथा कार्यक्रम, सचिव शान्ता अधिकारी पराजुलीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष देवकी अधिकारी रिमालले आर्थिक प्रतिवेदन तथा व्यवस्थापक शारदा अधिकारी विडारीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन सहित संस्थाको वित्तीय प्रतिवेदन प्रस्तुत गरेकी थिइन । कार्यक्रममा ज्येष्ठ शेयर सदस्य बसन्ती माझी, निवर्तमान अध्यक्ष वविता चौधरी सम्मान तथा उत्कृष्ट बचतकर्ताहरु लक्ष्मी घलान, विन्दु चौधरी, गीता गिरी र उत्कृष्ट कारोवारी प्रतिभा तिवारीलाई पुरस्कृत गरिएको छ । त्यसैगरी उत्कृष्ट बाल बचतकर्ता सात जना, अधिकतम शेयर रकम पु¥याउने तीन जना, अधिकतम शेयर सदस्य वृद्धि गर्ने एक जना, कम उमेरको बचतकर्ता एक जना, असल कारोबार गर्ने नौं जना, पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्य गरि ११ जना र एसइईमा उत्कृष्ट अंक ल्याउने १३ जनालाई सम्मान तथा पुरस्कृत गरिएको थियो । साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनामा सो सहकारीले आर्थिक बर्ष २०८०÷८१ मा ७१ लाख ५५ हजार ४६३ रूपैया मुनाफा गरेको जनाइएको छ । ४ करोड ६६ लाख ३८ हजार आम्दानी गरेको सो सहकारीले ३ करोड ५५ लाख ३९ हजार खर्च कटाएर ७१ लाख ५५ हजार रुपैया मुनाफा भएको संस्थाकी व्यवस्थापक शारदा अधिकारी विडारीले जानकारी दिइन् । सो सहकारीले जोखिम कोष व्यवस्थापनमा ३९ लाख ४० हजार रूपैया राखेको छ । २०५५ सालमा स्थापना भएको सो सहकारीमा ३ हजार ९४३ जना रहेका छन् । ३ करोड ९७ लाख ९६ हजार शेयर पूँजी रहेको सो सहकारीले २७ करोड ६२ लाख १० हजार रुपैया ऋण लगानी गरेको छ । २८ करोड ५८ लाख ७३ हजार बचत संकलन गरेको सो सहकारीले १ करोड ५१ लाख ५९ हजार जगेडा कोषमा राखेको छ। संस्थाको कुल पूँजी ३६ करोड ९७ लाख ७८ हजार रहेको छ । संस्थाकी अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाई, कार्यपालिका सदस्य वविता चौधरी, गैंडा पर्यटन सहकारी संस्थाका अध्यक्ष अनिल अर्याल लगायतले मन्तव्य राखेका थिए । संस्थाकी सचिव पराजुलीले सञ्चालन गरेको उक्त कार्यक्रम संस्थाकी उपाध्यक्ष पवित्रादेवी घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram