Listen Live: 

पञ्चतारा साकोसको साधारण सभा : चार महत्वपूर्ण प्रतिवेदन पारित

Radio Chitwan
आइतवार, अशोज ६, २०८१

रत्ननगर । रत्ननगर वडा नं ७ मा रहेको पञ्चतारा महिला बचत तथा ऋण सहकारी संस्थाले एक बर्षम एक करोड बढी मुनाफा गर्न सफल भएको छ । आइतबार आयोजित २३औं बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिबेदनमा आर्थिक बर्ष २०८०÷८१ मा सो सहकारीले एक करोड ५ लाख ३ हजार ६५३ रुपैया मुनाफा गर्न सफल भएको हो । उक्त आर्थिक बर्षमा ४ करोड २४ लाख ३३ हजार ८६२ आम्दानी गरेको सो सहकारीले ३ करोड १९ लाख ३० हजार २०९ रुपैया खर्च कटाएर एक करोड ५ लाख ३ हजार ६५३ रुपैया मुनाफा गरेको हो । सो सहकारीले राज्यलाई १० लाख ४० हजार रुपैया कर समेत तिरेको छ । ३ करोड १२ लाख ८९ हजार शेयर पूँजि रहेको सो सहकारीले २६ करोड ४३ लाख ३५ हजार ऋण लगानी गर्दा २४ करोड ९ लाख ९६ हजार बचत संकलन गरेको संस्थाकी व्यवस्थापक र्सिजना भट्टले जानकारी दिइन् । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोइरालाले उद्घाटन गरेको सो कार्यक्रममा संस्थाकी अध्यक्ष निर्मला कँडेलले संस्थाको प्रतिवेदन, सचिव सरस्वती थपलियाले आगामी बर्षको कार्ययोजना, कोषाध्यक्ष सीता गिरीले आगामी बर्षको अनुमानित बजेट र लेखा समिति संयोजक कल्पना अधिकारीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा नियमित बचत तर्फ ५ जना, बालबचत कर्ता ४ जना, उत्कृष्ट व्यवसायी ४ जना, उत्कृष्ट समुह ३ वटा, दैनिक तथा ऐच्छिक बचत तर्फ ५ जना, विशेष बचत तर्फ एक जना, शेयर कारोबार तर्फ २ जना, मुद्धती बचत तर्फ एक जना, एइई उत्तीर्ण बाल सदस्य तर्फ २१ जनालाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाकी व्यवस्थापक भट्टले जानकारी दिइन् । संस्थाकी अध्यक्ष कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ७ का वडा सदस्य सुर्यबहादुर तामाङ, राष्ट्रिय सहकारी बैंक टाँडी शाखाका प्रमुख नरेश कामती, संस्थाकी पूर्व अध्यक्ष सुजता विष्ट पाण्डे, सौराहा बचतका अध्यक्ष गंगा गिरी लगायतले मन्तव्य राखेका थिए । सचिव थपलियाले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष हुमकुमारी महतोले स्वागत मन्तव्य राखेकी थिइन् । २०५८ सालमा स्थापना भएको सो सहकारीमा २ हजार ९८३ जना शेयर सदस्य तथा एक हजार ५५० जना बालबचतकर्ता रहेका छन् । साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदन बन्द सत्रमा सर्बसम्मत पारित गरिएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram