Listen Live: 

प्रथम मिष्टर चितवनको तयारी अन्तिम चरणमा

Radio Chitwan
शनिबार, अशोज ५, २०८१

भरतपुर । चितवनको भरतपुरका हुने प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता एवम् महिला यथलेटिक्स फिजिक्स २०८१को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । यही असोज १२ गते भरतपुर स्थित चितवन मिडटाउन रिर्सोटमा हुने सो प्रतियोगिताको मेडल समेत सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा शारीरिक सुगठन तथा फिटनेश महासंघका सचिव दिनेश कुमार राजभण्डारीले मेडल सार्वजनिक गरेका हुन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र महसंघका केन्द्रीय अध्यक्ष राजेशबाबु श्रेष्ठले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । २०८१ सालको बडादशैँ अबसर पारेर उक्त प्रतियोगिता गर्न लागिएको शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका अध्यक्ष प्रकाश गुरुङले बताए । प्रत्येक दुई–दुई वर्षमा आयोजना गर्ने उद्देश्य सहित प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा वजन समूहको टिमको सहभागिता हुनेछ । जसमा ५५, ६०, ६५, ७०, ७५, ८० केजी तौल समूहबीच प्रतिस्पर्धा गराइने उनले बताए । प्रतियोगितामा एउटा क्लव वा संस्थाबाट एउटा बजन समूहमा बढीमा २ जना खेलाडीहरु गरी जम्मा १० जना खेलाडीहरु र १ जना टिम मेनेजरले भाग लिन तथा टिमको प्रतिनिधित्व गर्न पाउने छन् । त्यस्तै गरी शारीरिक सुगठनको विधा अन्तर्गत हुन गईरहेको महिला एथलेटिक्स फिजिक्स प्रतियोगितालाई खुल्ला समूह अन्तर्गत खेलाईनेछ । महिला तर्फ हुने ओमन एथलेटिक्स प्रतियोगितामा विजेता हुनेले ५० हजार, सेकेण्ड हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार सहित ट्रफी र मेडल प्रदान गरिने छ । प्रत्येक समूहमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः रु ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । फाइनल प्रतियोगितामा पुरुषतर्फ प्रत्येक समुहको समूहगत विजेता खेलाडीहरु विच प्रतिस्पर्धा गराई ओभरअलमा प्रथम हुने खेलाडीलाई ‘मिष्टर चितवन’को उपाधि साथै नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार, ट्रफि तथा व्यानेटले सुसज्जित गरिने संघका उपाध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । कार्यक्रम संचालन संघका सचिव वीरबहादुर रानाले गरेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram