कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कालिकाका सुकुमबासी समुदायले बनाए फोहोरबाट सजावटका सामग्री

रत्ननगर । कालिका नगरपालिकाका सुकुमबासी समुदायलाई घरमै फोहोर व्यवस्थापनको लागि तालिम दिइएको छ । समुदाय स्तरमै फोहोरको संकलन र व्यवस्थापनको आधार खोज्न सुकुमबासीलाई फोहोर व्यवस्थापन तालिम दिइएको हो । कालिका नगरपालिका वडा नं ३ को आयोजना तथा कालिका नगरपालिका र लुमन्ती आवासका लागि सहयोग समुहको सहयोगमा बेकारबाट आविस्कार नारा सहित तीन दिने तालिम दिइएको हो । ७ वटा सुकुमबासी समुदायका ३५ जनाको सहभागिता रहेको तालिममा मिनिरल वाटरको बोत्तलमा फोहोर कोचेर मुडा बनाउन, कोक, फेन्टाको बोत्तलबाट धागो निकालेर डोरी, रेशनदार बोराको धागोबाट माला, प्लाष्टिकको बोत्तलबाट फुल, कप तथा सजावटका सामग्री बनाउन सिकाइएको लुमन्तीका कार्यक्षेत्र संयोजक सिंह बहादुर लामाले जानकारी दिए । तालिमका प्रशिक्षक श्रीरेन्द्रप्रकास पौडेलले फोहोर व्यवस्थापनको लागि डम्पिङको खोजिगरिरहेको कालिकामा बेकारबाट आविस्कार नामक तालिक फलदायी हुने बताए । उसले यस प्रकारको तालिम विद्यालय स्तरमा सञ्ञालन गर्नु पर्ने बताए । समापन कार्यक्रममा वडाध्यक्ष वीरेन्द्र तामाङले घरबाट फोहोरको वर्गीकरण गरि उपयोगी सामग्री निर्माणको लागि बजेट विनियोजन गरेरै योजना सञ्चालन गर्ने र त्यसलाई सार्थक बनाउने बताए । वातावरण जोगाउन पनि यो काम गर्न जरूरी छ उनले भने अब विद्यालय र समुदाय स्तरमा यो कामलाई तीब्रता दिनेछौं। कालिका नगरपालिकाका शाखा अधिकृत प्रकाश पौडेलले घरेलु स्तरबाट फोहोर व्यवस्थापनको लागि बेकारबाट आविस्कार नारा सहितको कार्यक्रम उत्कृष्ट नमुना भएको बताए । कालिकाका फोहोर संकलन र व्यवस्थापनको काम सुरुवातको अन्तिम चरणमा रहेको भन्दै उनले फोहोर व्यवस्थापनको लागि नगरवासीलाई जिम्मेवार बनाउने गरि आयोजना गरिएको तालिम फलदायी हुने बताए । तालिममा सहभागी सीता तामाङले तालिम लिएपछि फोहोरबाट उत्कृष्ट सामग्री बनाउन सिकेको र अब फाल्ने र जलाउने फोहोरलाई संकलन गरि प्रयोगमा ल्याउने बताइन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]