Listen Live: 

मुख्यमन्त्री लामाद्वारा रत्ननगरमा राष्ट्रिय स्तरको व्याडमिन्टन उद्घाटन

Radio Chitwan
मङ्लबार, अशोज १, २०८१

 चितवन। वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार रत्ननगरमा दोस्रो मेयर कप तथा चौँथो ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गरेका छन् । पूर्वी चितवन स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त प्रतियोगिता मुख्यमन्त्री लामाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन ।

सो अबसरमा उनले खेलकुदको विकासका लागि प्रदेश सरकारले लगानी बढाउने बताए । खेलकुदले देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने भन्दै खेलकुदको विकासको लागि प्रदेश सरकारले लगानी बढाउदै लगेको बताए । खेलकुदले युवाहरुलाई कुलतमा फस्नबाट जोगाउने भन्दै मुख्यमन्त्री लामाले राष्ट्रनिर्माणमा खेलकुदको विशिष्ट योगदान रहेको बताए । असोज तीन गते सम्म चल्ने सो प्रतियोगिता उद्घाटन कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, सांसद छत्र बम्जम, रत्ननगरका मेयर प्रलाद सापकोटा, कालिकाका मेयर विनोद रेग्मी, रत्ननगरका उपमेयर यादबप्रसाद पाठक,वडाध्यक्षहरुको उपस्थिति रहेको थियो । रत्ननगर वडा नं–३, शान्तिचोकस्थित कर्भड हलमा प्रतियोगिता सुरु भएको हो ।

राष्ट्रियस्तरको सो प्रतियोगिता विभिन्न छ वटा विधामा खेलाइने प्रतियोगिताका संयोजक केवल न्यौपानेले जानकारी दिए । राष्ट्रियस्तरमा २० भन्दा बढी वरीयता क्रममा रहेका खेलाडी सहभागी रहने उक्त प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ११ हजार १११, द्वितीय हुने टिमलाई ५१ हजार १११ र तृतीय हुने टिमलाई २५ हजार १११, बी लेबल खुल्लातर्फ प्रथम हुने टिमलाई ४१ हजार १११, द्वितीय हुने टिमलाई २१ हजार १११ र तृतीय हुने टिमलाई ११ हजार १११ पुरस्कार प्रदान गरिने संयोजक न्यौपानेले जानकारी दिए ।

त्यसैगरी, भेट्रान्स ४५ वर्ष उमेर समूहमाथिको खेलमा प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११, सुपर भेट्रान्स ५५ वर्ष उमेर समूहमाथि प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११, राष्ट्रियस्तरमा १० भन्दामाथि महिला खुल्लामा प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११, जनप्रतिनिधितर्फ प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११ प्रदान गरिने छ । क्लवका अध्यक्ष राजकुमार पुरीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो ।

रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त प्रतियोगितामा वडा कार्यालय, सेन्टर कलेज, रिजाल फुड्स, राममणि न्यौपाने, विकास डल्लाकोटी सहित सौराहाका ३८ वटा होटलहरुले सहयोग गरेका छन् । प्रतियोगिता सम्पन्न गर्न १५ लाख ३७ हजार ३३१ रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा करिब २०० टिमको सहभागिता रहने क्लबका उपाध्यक्ष राजु भट्टराईले जानकारी दिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram