Listen Live: 

जनकौलीका उपभोक्तालाई जलवायु परिर्वतन सम्बन्धी प्रशिक्षण

Radio Chitwan
मङ्लबार, अशोज १, २०८१

रत्ननगर । रत्ननगर वडा नं ५ मा रहेको जनकौली मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरुलाई जलवायु परिर्वतन अनुकूलन तथा जैविका विविधताको संरक्षण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको छ । जलवायु परिर्वतनले जैविका विविधानमा पारेको असर न्यूनीकरणको लागि समुदायले खेल्नु पर्ने भूमिकाको विषयमा वनका उपभोक्ताहरुलाई प्रशिक्षण दिइएको हो । अमेरिकी सहयोग नियोग(युएसएआइडी)को आर्थिक सहयोगमा सामुहिक अभियानको आयोजना तथा विजय विकास स्रोत केन्द्रको स्थानीय साझेदारीमा कार्यक्रम गरिएको हो । जनकौली मध्यवर्ती सामुदायिक वनसंगको सहकार्यमा गरिएको उक्त कार्यक्रम वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँले उद्घाटन गरेका थिए । सो अवसरमा उनले जलवायु परिर्वतनका कारण मानव र वन्यजन्तुको अस्थित्व संकटमा रहेको भन्दै यसको न्यूनीकरणको लागि समुदायको सक्रियता महत्वपूर्ण हुने बताए । मध्यवर्तीमा बसोबास गर्ने बासिन्दाहरु अब जैविक विविधता र वन्यजन्तु जोगाउन जलवायु परिर्वतनको असर न्यूनीकरणमा केन्द्रीत हुनुपर्ने बेला आएको उनले बताए । कार्यक्रममा सामुहिक अभियान काठमाडौंका प्रशिक्षक खेलमराज सापकोटा, विजय विकास स्रोत केन्द्रका प्रशिक्षकहरु विरभन्द्र सापकोटा र हरिप्रसाद आचार्यले जलवायु परिर्वतनले जैविक विविधतामा गरेको असर र न्यूनीकरणको लागि भएका प्रयासहरुको बारेमा सहजीकरण गरेका थिए । कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पार्दै सामुहिक अभियान काठमाडौंका प्रशिक्षक सापकोटाले जनवायु परिर्वतनको असर न्यूनीकरणको लागि समुदाय केन्द्रीत कार्यक्रम सञ्चालन गरिएको बताए । उनले रत्ननगरका पाँचवटा सामुदायिक वनका २५० जनालाई जलवायु परिर्वतन अनुकूलन तथा जैविका विविधताको संरक्षण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको जानकारी दिए । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका रेन्जर ऋषिराम सुवेदीले जलवायु परिर्वतनका कारण मानब जीवन कष्टपूर्ण बन्दै गइरहेको बताए । जनकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जोगेन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ६ का वडा सदस्य वीरेन्द्र महतो सहित संरक्षणर्कीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वन समिति, उपभोक्ता, टोल विकास संस्था र आमासमुह गरी ५० जनाको सहभागिता रहेको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram