Listen Live: 

रत्ननगर-१५ माधवपुरका अपाङ्गता भएका घलानले पाए ‘ईलेक्ट्रिक ह्वील चियर’

Radio Chitwan
आइतवार, भदौ ३०, २०८१

रत्ननगर, भदौ ३० । रत्ननगर नगरपालिका वडा नं. १५ ले आइतवार एकजना अपाङ्गता भएका व्यक्तिलाई ईलेक्ट्रिक ह्वील चियर प्रदान गरेको छ ।

रत्ननगर वडा नं १५ माधवपुर निवासी ३१ बर्षीया जीवन घलानलाई लक्षित वर्ग कार्यक्रम अन्र्तगत वडाको बजेटबाट रु. १ लाख ६० हजार मुल्यको ईलेक्ट्रिक ह्वील चियर प्रदान गरेको हो । 

घलानलाई उनकै घरमा पुगेर औपचारिक कार्यक्रममा वडा नं. १५ का वडा अध्यक्ष आसिक तामाङ, वडा सदस्यहरु इम प्रसाद पन्त, लिला देवी पोख्रेल, शिव प्रसाद तिवारी, रुकमाया परियार, वडा सचिव नवराज तिवारी लगाएतले घलानलाई ईलेक्ट्रिक ह्वील चियर हस्तान्तरण गरेका थिए ।

सो अबसरमा वडा अध्यक्ष तामाङले दैनिकी जीवनमा सहजताको लागि ईलेक्ट्रिक ह्वील चियर प्रदान गरिएको बताए । वडाको बजेटबाट फरक क्षमता भएका व्यक्तिहरुलाई ट्राइसाईकल, ईलेक्ट्रिक ह्वील चियर वितरण गरिरहेको उनले बताए । उनीहरुको सवालमा आफू सचेत र जागरुक्क भएर योजना तथा बजेट नीति कार्यक्रममा ध्यान दिएको समेत उनको भनाईछ ।

वडा अध्यक्ष तामाङले शारीरिक रूपमा अपांगता भएका व्यक्तिलाई हिँडडुल गर्न असहज भएकाले ह्विल चियर प्रदान गरिएको बताए । ‘अपांगता भएका व्यक्तिलाई वडाले सहयोग गर्दै आइरहेको छ, अपांगता भएका व्यक्तिलाई सहज रुपमा बाँच्न वडाले अपाङ्गमैत्री वातावरण सिर्जना गर्दै आइरहेको छ’, उनले भने । 

२/३ वर्षको सानै कउमेरदेखि मस्कुलरडिस्ट्रोफि रोगका कारण खुट्टा नचल्ने भएका कारण घलान अपाङ्गता भएका थिए । 

ईलेक्ट्रिक ह्वील चियर पाएपछि अपागंता भएका व्यक्ति घलानले खुसी व्यक्त गर्दै कतै आवातजावत गर्नका लागि समस्या हुने गरेकोमा त्यसबाट मुक्ती पाएको बताए । ‘हामीले पनि स्थानीय सरकार भएको महसुस गर्न पायौँ, हामी जस्ता हिँड्डुल गर्न नै सकस भएका मान्छेलाई सजिलो बनाएको छ’ घलानले भने ।

‘अपाङ्गता भएका संस्थाले मात्रै सहकार्य गरी पठाउने गरेकामा अहिले वडा अध्यक्ष लगाएत वडा सदस्यहरु घरमै आएर ह्वील चियर दिँदा असाध्यै खुसी लाग्यो, हाम्रो दुःख बुझिदिनुभयो, यही नै हाम्रो खुसी हो’, उनले भने ।

यसअघि गत वर्ष २०८० साल चैत २४ रत्ननगर वडा नं १५ निवासी ६४ बर्षीय भुमिनन्द धिताललाई लक्षित वर्ग कार्यक्रम अन्र्तगत वडाको बजेटबाट ४० हजार मुल्यको ट्राइसाईकल प्रदान गरेको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram