Listen Live: 

उद्योग संघ रत्ननगरको साधारण सभा : तीन सफल व्यवसायी सम्मानित

Radio Chitwan
आइतवार, भदौ ३०, २०८१

रत्ननगर । चितवन उद्योग संघ रत्ननगर समितिको छैठौं बार्षिक साधारण सभा आइतबार गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै रत्ननगरमा मेयर प्रलाद सापकोटले आर्थिक मन्दी र बैँकको व्याजरका कारण व्यवसायी मारमा परेको भन्दै बैकबाट रिणिको धितो लिलामी प्रकियाको लागि स्वयम् व्यक्ति उपस्थित नभए सम्म सिफारिस नदिने बताए । सौराहालाई पर्यटन क्षेत्रघोषणा गर्न उद्योगी व्यवसायी एकजुट हुनपर्ने भन्दै उनले व्यवसायिक विकासको लागि साझा योजना बनाउन आग्रह गरे । बिद्युतको समस्या समाधानको लागि आवश्यक पहल भइरहेको भन्दै मेयर सापकोटाले स्थानीयलाई रोजगारी सृजना गर्न रोजगार मेला गर्न समेत सुझाव दिए । उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरीले पूर्वी चितवनमा उद्योग सञ्चालनमा प्रमुख चुनौतीको रुपमा विद्युत् समस्या रहेको उद्योग व्यवसायका साझा समस्या समाधान गर्न एकतावद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । चितवन उद्योग संघ पूर्व अध्यक्ष भेषराज दुवाडीले पर्यटन उद्योग चलामायन बनाउन आवश्यक रहेको बताए । रोजगार र राजश्वको लागि पनि पर्यटन व्यवसायको महत्वपूर्ण योगदान रहने बताए । केहि व्यक्तिका कारण विजुलीको पोल विस्तार गर्न नस्कदा रत्ननगरका उद्योगीलाई ठुलो समस्या परेको उनले बताए । कार्यक्रममा चितवन उद्योग संघ रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेल बार्षिक प्रतिवेदन, भावी कार्ययोजना तथा सहकोषाध्यक्ष विन्दु शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सो संस्थाले ३ जना सफल व्यवसायीहरुलाई सम्मान समेत गरेको छ । रत्ननगरमा सबैभन्दा बढी रोजगारी सृजना गर्ने उद्योगहरुको तर्फ शिवशक्ति खाद्य उद्योगका सञ्चालक दिनेश कुमार अग्रवाल, औद्योगिक प्रर्वद्धन क्षेत्रमा क्रियाशील सफल उद्यमीको रुपमा गुड होम प्रोडक्टका सञ्चालक लोकबहादुर बस्नेत र पर्यटन क्षेत्रमा योगदान गरेका राइनो लजका सन्चाालक रामकुमार अर्याललाई सम्मान गरेको थियो । कार्यक्रममा वडाध्यक्षहरु कुलप्रसाद सापकोटा, सोहेन्द्रराज खरेल, रामकुमार चौधरी, बालकृष्ण चापागाई, किरण महतो, सजना महतो, कलाधर पौडेल, पोट बहादुर घिमिरे, चितवन उद्योग संघ तथा चितवन उद्योग संघका सूर्यप्रसाद न्यौपाने, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष मदन घिमिरे, चितवन उद्योग संघका उपाध्यक्ष एवम् रत्ननगर समितिका संस्थापक अध्यक्ष गजेन्द्र अधिकारी, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष गोविन्दप्रसाद खनाल, उद्यमशिल महिला समुह रत्ननगरकी अध्यक्ष गीता सिंखडा लगायतको उपस्थिति रहेको थियो । समितिका सचिव सुवासचन्द्र गौतमले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक शिब खनालले धन्यवाद मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram