Listen Live: 

पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

Radio Chitwan
बिहिबार, भदौ २७, २०८१

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा ३५ जना महिला सहित ११५ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष नवराज तिमिल्सिनाले जानकारी दिए । अध्यक्ष तिमिल्सिनाले सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै बार्षिकोत्सवको अबसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । किराना तथा खाद्य व्यवसायी संघ रत्ननगरको सह आयोजनामा भएको रक्तदान कार्यक्रम वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे उद्घाटन गरेका थिए । सो अबसरम उनले विरामीलाई रगत उपलब्धताको विषयमा गुनासोहरु आउने गरेको भन्दै यसमा रक्तसञ्चार केन्द्र सचेत हुनुपर्ने बताए । नागरिकले दिएको रगत विरामीले पाउन मुश्किलन हुने गरेको भन्दै उनले रगतका लागि भनसुन गर्नुपर्ने अबस्थाको अन्त्य हुनुपर्ने बताए ।नागरिकलाई सहजताका लागि नगरपालिकाले रक्तसञ्चार केन्द्र रत्ननगर रक्तसंकलन युनिट सञ्चालनमा ल्याएको उनले बताए । सहकारीका अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सदस्य सञ्जिव पौडेल, रत्ननगर वडा नं. १३ का वडा अध्यक्ष पोट वहादुर घिमिरे (सुवास), रत्ननगर उवा संघका अध्यक्ष शंकर गिरी लगायतले मन्तव्य राखेका थिए । सहकारीका सचिव बालकृष्ण दाहालले सञ्चालन गरेको कार्यक्रममा किराना तथा खाद्य व्यवसायी संघ रत्ननगरका अध्यक्ष शिवराज मैनालीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका संयोजक ठाकुर प्रसाद पन्तले कार्यक्रमको उद्देश्यको बारेमा प्रकास पारेका थिए । सो सहकारीले वार्षिकोत्सवको अवसरमा सेवा केन्द्र केन्द्रीत वित्तीय साक्षरता, शेयर सदस्य राहत तथा हेरचाह अन्तर्गत १ लाख बराबर दुर्घटना, जटिल रोगको उपचारको लागि १ लाख प्रदान गर्ने घोषणा, एसइई तथा प्लस २ मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत कार्यक्रम आयोजना गरिएको सहकारीका व्यवस्थापक किशोर भट्टराईले जानकारी दिए । २०६९ साल भदौं २९ गते स्थापना भएको सो सहकारीमा ३ हजार ७४४ जना शेयर सदस्य र ५०४ जना बालबचत कर्ता रहेका छन् । कुल सम्पती ४६ करोड, ४८ लाख, ४४ हजार र शेयर पूजिँ ५ करोड ६८ लाख,४४ हजार रहेको सो सहकारीले ३४ करोड ४ लाख ऋण लगानी गरेको छ । ३३ करोड ८९ लाख बचत संकलन गरेको सो सहकारीको जगेडा कोषमा २ करोड ५२ लाख र संस्थागत पूँजी ३ करोड ५० लाख रहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । सो सहकारीले असल ऋणि तथा असल बचतकर्तालाई सम्मान तथा सुत्केरी राहत, नवजात शिशु स्याहार र ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

आन्य समाचारहरु:-
September 30, 2024
कालिका मा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न

लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]

September 29, 2024
चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया,७ दिनको शिशुदेखि ७८ वर्षिय बृद्धासम्मको उपचार

स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]

September 28, 2024
पेवा साकोसको साधारण सभा : एक बर्षमा एक करोड बढी मुनाफा

रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]

September 28, 2024
चितवनको पाँच स्थानमा भारी वर्षा रेकर्ड, नारायणीले देवघाटमा नाघ्यो खतराको तह

चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram