Listen Live: 

सौराहा बचतको साधारण सभा : तीन प्रतिवेदन पारित

Radio Chitwan
मङ्लबार, भदौ २५, २०८१

रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष गंगा गिरीले भावि योजना तथा संस्थाका सचिव पूर्णप्रसाद रिजालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष छुना रेग्मीले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक विनोद खनालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष गंगा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष गणेश खतिवडालाई सम्मान गरिएको थियो । सो अबसरमा प्रमुख अतिथि वडाध्यक्ष महतोले सहकारीले विपन्न समुदायको आर्थिक अबस्थामा सुधार आउने गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उद्घाटन कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, पञ्चतारा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष निर्मला कँडेल, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, सो संस्थाका पूर्व अध्यक्ष गणेश खतिवडा लगायतले मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष कृष्णकुमार खत्रीले स्वागत मन्तव्य राखेका थिए । साधारण सभाको बन्दसत्रले उद्घाटनसत्रमा प्रस्तुत गरेका तीन प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । २०५६ सालमा स्थापना भएको सो सहकारीमा २ हजार ८८८ जना शेयर सदस्य रहेका छन् । सो सहकारीको १० करोड ४२ लाख ५१ हजार शेयर पूँजि रहेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram