कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
मानसिक रोगले बढ्दै आत्महत्या, उपत्यका बाहिर सिमएसीमा धेरै बिरामीको उपचार हुदै

अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ ।
पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य कारण नै मानसिक रोग भएको बताए । उनले नेपाल प्रहरीको तथ्यांकलाई उदृत गर्दै आर्थिक वर्ष २०८०÷८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको जानकारी दिए । उनका अनुसार कोभिड–१९ को समयमा धेरै नेपाली मानसिक रोगी हुन पुगेका थिए । २०७९/८० मा ६ हजार ९९३ जना आत्महत्या गरेका थिए ।


सिएमसीले २०६४ भदौदेखि नै मनोरोगको उपचार सुरु गरेको थियो । सुरुमा आकस्मिक कक्षमा दुई वटा शैयाबाट सुरु गरिएको यो सेवा आज ३० शैयाको बनेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए । अस्पतालमा गत आर्थिक वर्षमा १६ हजार ८३४ जना मनोरोगका बिरामीको उपचार गरिएको अस्पतालले जनाएको छ ।
जसमध्ये ५०९ जना भर्ना भएरै सेवा लिएका थिए । मनोरोगको उपचार गराउन आउनेमा ५५ प्रतिशत महिला छन् भने ४५ प्रतिशत पुरुष छन् । तर आत्महत्या गर्नेमा महिला भन्दा बढी पुरुष हुने गरेको चिकित्सक बताउँकछन् ।
सिएमसीमा विशेषज्ञ चिकित्सक, आधूनिक उपकरणसहितको उपचारको सफलताको दर उच्च रहेकै कारण अस्प्तालमा मनोरोगको उपचार गर्न आउनेको संख्या दिनानुदिन बढ्दै गएको अस्पतालको भनाई छ । अस्पतालमा औषधिको प्रयोगसंगै विद्युतीय उपचार (इ.सिटी), परामर्श, साइकोथेरापी विधिको प्रयोग गरेर उपचार गर्ने गरिएको छ भने त्यसका अलवा बिरामीलाई मनोरञ्जनात्मक (नाँचगान) आध्यात्मिक, योग समेत गराएर उपचार गर्ने गरिएको अस्पतालका सिइओ देवकोटाले जानकारी दिए ।
यस्तो छ मानसिक रोगको प्रकारः
क) समान्य खालको मानसिक रोगः डर लाग्ने समस्या, टाउको दुख्ने समस्या, बालबालिकामा देखिने मनोवैज्ञानिक समस्या, बच्चा जन्माएपछि आमामा देखिने मानसिक रोग, निद्राको समस्या ।
ख) मध्यम खालको मानसिक रोगः लागू औषध र रक्सीको समस्या, छारे रोग, अब्जेसिभ कम्पल्सिभ डिसअर्डर, सुस्त मनस्थिति ।
ग) कडा मानसिक रोगः बाइपोलर एफेक्टिभ डिसअर्डर र सिजोफेर्निया
के हुन मानसिक रोगका कारणहरु ?
बंशानुगत रुपमा सर्ने, आमा बाबुबाट बाल्यवस्थामा टाढा रहनाले, हर्मोनको गडबढी, शारीरिक रोग लामो समयमा लागेमा, बिरामी हुनु अघिको व्यक्तित्व, तात्कालिन घटनाक्रम, पारिवारिक अस्वस्थ सम्बन्ध, लागू पदार्थ सेवन, गर्भावस्थामा संक्रमण, मस्तिष्कको वृद्धिमा रोक, समाजबाट टाढा रहनाले र टाउकोको चोटपटक इत्यादी कारणले मनोरोग लाग्ने गरेको चिकित्सक बताउँछन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]