Listen Live: 

नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले मनायो न्वागी पर्व

Radio Chitwan
शनिबार, भदौ २२, २०८१

रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले सामूहिक रूपमा छोनाम (न्वागी) पर्व मनाएको हो । कालिका नगरपालिका वडा नं. ९ शक्तिखोर स्थित बगर बजारमा भेला भई नाचगानगरी पर्व मनाएकोछ । 

नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीका अध्यक्ष कृष्ण वहादुर प्रजा चेपाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कालिकाका नगर प्रमुख बिनोद रेग्मीले ढ्याङग्रो बजाएर कार्यक्रमको उद्धघाटन गरेका थिए । 

कार्यक्रममा बोल्दा नगर प्रमुख रेग्मीले बिदेशी संस्कार, अन्यको देखासिखिले हाम्रो सांस्कृतिक प्रवद्र्धनमा असर गरेको हुनाले आफ्नो संस्कृतिको संरक्षणमा आफै चासो राख्नुपर्ने बताए । संस्कृतिक संरक्षणले कालिका नगरमा आन्तरिक रुपमा पर्यापर्यटन भित्राउन सक्ने भएकाले यस्ता किसिमका कला संस्कृतिलाई संरक्षण गर्न जरुरी रहेको उनको भनाईछ । 

नगर प्रमुख रेग्मीले भने, "शक्तिखोर र सिद्धि क्षेत्रमा बाहुल्यता रहेको चेपाङ समुदायलाई राहतको पर्खाईमा बस्ने आरोप लाग्ने गरेको छ, यो आरोप र खण्डन मेट्न जरुरी छ । सिङगो चेपाङ समुदाय श्रममा विश्वास गर्छन भन्ने बिश्वास दिलाउन जरुरीछ । सधै अरुको भर परेर होईन आफ्नै मेहनतले अगाडी बढ्न सक्नुपर्छ ।" 

चेपाङ समुदायले बिभिन्न चाड पर्वहरु मनाउदा आफ्नो दक्ष र शक्ति अनुसार घाँटी हेरेर हाड निल्नु जस्तै मनाउनुपर्ने सुझाव दिए । आय आर्जन र उत्पादन हुने कार्यतर्फ जोड दिन सम्पूर्ण चेपाङ समुदायलाई नगर प्रमुख रेग्मीले आग्रह गरे ।

चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष न्वागी पर्व मनाउने गरिएको कालिका नगर कमिटीका अध्यक्ष कृष्ण वहादुर प्रजा चेपाङले बताए । उनका अनुसार विसं २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रुपमा न्वागी मनाउँदै आइएको छ । भदौ २२ गते सामूहिक रुपमा न्वागी मनाउँदै आए पनि आफ्नो कुल अनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ ।

चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खान सुरु गर्ने दिनका रुपमा पनि लिइन्छ ।

न्वागीमा चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खुवाउने चलन छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । यसैबीच मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ । २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका निर्वतमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, कालिकाका १ देखी ११ सम्मका वडा अध्यक्ष लगाएतले मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram