लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
मेयरमा आफ्नो पार्टीलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुन सक्ने छ : जिल्ला सभापति खनाल
चितवन, २५ चैत्र । भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुन सक्ने नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताउनुभएको छ । आज (शुक्रवार) उहाँले गएको पालिका चुनावमा नेकपा (माओवादी केन्द्र) लाई सहयोग गरेको भन्दै उहाँले यस पटक कांग्रेसलाई सहयोग गर्न माओवादीलाई आग्रह गर्नुभयो । खनालले भन्नुभयो, ‘समूह भित्रबाट निर्देशन गरेर कार्यकर्तालाई नियन्त्रण गर्न खोज्ने कुरा राम्रो होइन । कार्यकर्तालाई केन्द्रबाट निर्देशित गर्न सकिने भए पनि हात समाएर यहाँ मत खसाल भन्न सकिँदैन । यसले चुनावको नतिजा सोचेको भन्दा फरक आउन सक्छ । कार्यकर्तालाई निराश बनाएर गरिएको कामले गठबन्धन र नेपाली कांग्रेस पार्टी नै धराशायी बन्छ । यसबारेमा नेताहरुले पुनर्विचार गर्नुपर्छ ।’
उहाँले नेपाली कांग्रेस पार्टीले भरतपुर महानगरपालिकाको मेयर नछोड्ने पनि बताउनुभयो । २०७४ सालको चुनावमा आफ्नो पार्टीले माओवादी केन्द्रलाई सहयोग गरेको र त्यसको पैँचो अब माओवादीले नेपाली कांग्रेसलाई तिर्नुपर्ने उहाँले जिकिर गर्नुभयो । mसभापति खनालले भन्नुभयो, ‘चितवनसँग र नेपाली कांग्रेससँग अहिले दुई वटा सम्बन्ध जोडिएको छ । एउटा हामी नेपाली कांग्रेसमा आबद्ध छौँ । हाम्रो केन्द्रीय सभापति शेरबहादुर देउवा हुनुहुन्छ, जो गठबन्धनकै प्रधानमन्त्री हुनुहुन्छ । साथै गठबन्धनको अर्को बलियो पार्टनरका रूपमा माओवादी केन्द्रका पुष्पकमल दाहाल आउनुभएको छ । उहाँ चितवन जिल्लाकै मान्य सांसद हुनुहुन्छ । त्यसैले उहाँले यो गठबन्धनलाई जीवित राख्नका लागि र सँगै उहाँको कार्यक्षेत्र पनि चितवन भएका कारणले यहाँका राजनीतिक पार्टीहरूका बीचमा उहाँ माआवादी केन्द्रको नेता भए पनि उहाँले नेपाली कांग्रेसलाई पनि बराबर माया गर्नुपर्दछ । गठबन्धनको सैद्धान्तिक र व्यवहारिक पक्ष भनेको आलोपालो हो । २०७४ मा हामीले सहयोग गर्यौँ अब २०७९ मा तपाईँले सहयोग गर्नुहोस् ।’
उहाँले महानगरपालिकाको अन्य पदमा भने गठबन्धनबीचमा तालमेल गरेर जान सकिने बताउनुभयो । सभापति खनालले यसबारेमा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता र पदाधिकारीलाई जानकारी गराएको पनि बताउनुभयो । गएको चुनावमा कांग्रेसले माओवादीलाई सहयोग गरेको र यस पटक कांग्रेसलाई सहयोग गरे गठबन्धन बच्ने र संविधानको रक्षा पनि हुने उहाँको भनाइ छ । सभापति खनालले नेपाली कांग्रेस चितवनले आफ्ना कार्यकर्ताको भविष्य सुरक्षित गर्न र पार्टीलाई जीवन्त दिनका लागि तथा यस पटक महानगरको नेतृत्व लिन चाहेको पनि बताउनुभयो । उहाँले पार्टीको केन्द्रीय समितिबाट गरिएको परिपत्रअनुसार नै आफू अगाडि बढ्ने तर पार्टीले यस पटक भरतपुर महानगरपालिकाको मेयरमा दाबी नछोड्ने बताउनुभयो ।
सभापति खनालले भन्नुभयो, ‘हामी स्थानीय तह चुनावमा गठबन्धनका दलहरूबीचको तालमेललाई पार्टीको केन्द्रीय समितिले गरेको निर्णयलाई आत्मसात् गर्दछौँ । तर भरतपुर महानगरको हकमा यस पटक हाम्रो पालो हो । भरतपुरको मेयरमा नेपाली कांग्रेसको उम्मेदवार कायम गर्दिनका पार्टीको केन्द्रीय समिति, केन्द्रीय सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता र पदाधिकारीलाई हामीले विशेष आग्रह गर्ने निर्णय पनि गरेका छौँ ।’ सभापति खनालले चितवनको महानगरपालिका क्षेत्रमा पार्टीको ऐतिहासिक पृष्ठभूमि गर्विलो रहेको पनि बताउनुभयो । उहाँले विभिन्न आन्दोलनमा चितवनबाट नेपाली कांग्रेसले गरेको नेतृत्व र पार्टीप्रतिको विश्वासले पनि महानगरमा कांग्रेसको छुट्टै पहिचान रहेको बताउनुभयो ।
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]
चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]