Listen Live: 

रत्ननगरलाई पुरस्कार दिलाएका लम्साललाई निजामतीसेवा पुरस्कार

Radio Chitwan
शनिबार, भदौ २२, २०८१

रत्ननगर । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्साल निजामती सेवा पुरस्कार २०८१ वाट पुरस्कृत भएका छन् । नेपाल सरकारले गतबर्ष घोषणा गरेको सो पुरस्कार निजामती सेवा दिवसको अबसरमा शनिबार प्रमुख प्रशासकीय अधिकृत लम्साललाई प्रदान गरिएको हो । काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपिशर्मा ओलीले सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका हुन् । नेपाल सरकारका उपसचिव समेत रहेका लम्साल विगत ८ महिना अघिदेखि रत्ननगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवारत छन् । २७ बर्ष अघि २०५४ साल भदौ १५ गतेबाट निजामती सेवामा प्रवेश गरेका लम्साल मुखिया, खरिदार हुँदै २०६६ सालमा खुल्ला प्रतिस्पर्धाबाट प्रशासन तर्फ शाखा अधिकृतमा नाम निकाल्न सफल भएका थिए । २०७८ सालमा कार्यक्षमताको आधारमा उपसचिवमा बढुवा भएका लम्साल उनी सेवारत सरकारी कार्यालय, जिल्ला र विभागबाट ११ वटा सम्मान पाइसकेका नेपाल सरकारका कुशल कर्मचारी हुन् । कार्यक्षमतामा अब्बल सावित हुँदै आएका लम्सालसंग अहिले सम्म १८ वटा सरकारी कार्यालयमा काम गरेको अनुभव छ । यसैबीच यसैबर्ष लम्साल सेवारत रत्ननगर नगरपालिका पनि स्थानीय सरकार संस्थागत क्षमता मूल्याङ्कनमा देशभरबाट तेस्रो हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सम्मानित तथा पुरस्कृत भएको थियो । संस्थागत क्षमता मूल्याङ्कनमा नगरपालिका पुरस्कृत भएको केही समयपछि प्रमुख प्रशासकीय अधिकृत लम्साल पनि नेपाल सरकारबाट उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत भएका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram