कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
घिमिरे बन्धु प्रतिष्ठान नेपाल रत्ननगरले खुवायो तीजको दर

रत्ननगर, भदौ १५ । धार्मिक एंव सांस्कृतिक महत्व बोकेको नेपाली महिलाहरुको महान मौलिक पर्व हरितालिका तीजको संरक्षण तथा सम्बर्द्धनका लागि घिमिरे बन्धु प्रतिष्ठान नेपाल रत्ननगरले तीजको दर खुवाउनुका साथै शुभकामना आदान प्रदान गरेको छ ।
शनिवार एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले रत्ननगरमा रहेका घिमिरे बन्धुका आमा, छोरि बेटी , बुहारी, भाउजु, दिदीबहिनीहरुलाई निःशुल्क दर खुवाएको हो । कार्यक्रमकी संयोजक तथा घिमिरे बन्धु प्रतिष्ठान नेपाल रत्ननगरकी सह सचिव बिरञ्जना घिमिरे सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा घिमिरे बन्धु प्रतिस्थान चितवनका सचिव होमनाथ घिमिरे प्रमुख अतिथि रहेका थिए ।
घिमिरे बन्धु प्रतिष्ठान एकैठाउमा भेलाभई एक आपसमा सुख दुःख साटासाट र शुभकामना व्यक्त गरुन् भन्ने हिसाबले दर खाने कार्यक्रमको आयोजना गरिएको संयोजक घिमिरे सापकोटाको भनाईछ ।
दरखाने कार्यक्रममा करिब ४ सय जना महिला र ५० जना पुरुष घिमिरे बन्धुहरुको सहभागीता रहेको थियो।
कार्यक्रममा रत्ननगर वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र घिमिरे, वडा नं. १३ का वडा अध्यक्ष पोट वहादुर घिमिरे (सुवास), प्रतिस्षानका अध्यक्ष हरिभक्त घिमिरे, सल्लाहकार रामबाबु घिमिरे, रुपन घिमिरे लगाएतले मन्तव्य राखेका थिए ।
रेणु घिमिरेले सञ्चालन गरेको कार्यक्रममा गरेको कार्यक्रममा स्वागत समितिकी सदस्य पार्वती घिमिरे र सम्झना घिमिरेले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा दर खुवाउनुका साथै नाचगान समेत गरिएको थियो ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]