कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पूर्वी चितवन निर्माण सेवा संघकाे साधरण सभा तथा अधिवेशन: निर्माण व्यवसायी सम्मानित

कालिका । कालिका नगरपालिका वडा नं ६ स्थित पूर्वी चितवन निर्माण सेवा
संघकाे १५औ बार्षिक साधारण सभा तथा आठाैं अधिवेशन गरिएकाे छ । कालिकाका
मेयर विनाेद रेग्मीले उद्घाटन गरेकाे साधारण सभामा आवास निर्माणमा लामाे
सयम देखि याेगदान गर्दै आएका निर्माण व्यवसायीहरुलाई सम्मान गरिएकाे छ ।
संघका पूर्वअध्यक्ष उत्तम घिमिरे सहित संस्थापक अध्यक्ष जगत माेक्तान,
पूर्वअध्यक्ष ज्ञानबहादुर लामिछाने, बलराम दंगाल, ज्येष्ठ सदस्य इन्द्रमाया
मगर, संघका ज्येष्ठ सदस्य कृष्णप्रसाद खनाललाई सम्मान गरिएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि मेयर रेग्मी र संघका अध्यक्ष हेमप्रसाद पन्तले
उनीहरुलाई सम्मानपत्र र दाेसल्ला ओढाएर सम्मान गरेका थिए । साे अबसरमा मेयर
रेग्मीले स्थानीय सरकारले लागू गरकाे भवन निर्माण आचारसंहिताकाे
कार्यान्यनकाे लागि निर्माण व्यवासयीले नगरपालिकालाई सहयाेग गर्नु पर्ने
बताए । कार्यक्रममा अध्यक्ष पन्तले भावी कार्ययाेजना, सचिव राजाराम नेपालले
प्रगति प्रतिबेदन तथा लेखा संयाेजक सराेज चाैधरीले आर्थिक प्रतिबेदन
प्रस्तुत गरेका थिए । कार्यक्रममा वडाध्यक्षहरु टीकाराम रेग्मी, लक्ष्मण
पाैडेल, स्वराेजगार निर्माण सेवा संघ भरतपुरका अध्यक्ष कृष्णप्रसाद पाैडेल,
पूर्वअध्यक्ष उत्तम घिमिरे लगायतले मन्तव्य राखेका थिए । संघका प्रथम
उपाध्यक्ष कृष्णप्रसाद दुलालले स्वागत मन्तव्य राखेकाे कार्यक्रम सचिव
नेपालले सञ्चालन गरेका थिए । अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति र तीन
सदस्यीय लेखा समिति चयन गर्ने छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]