Listen Live: 

एमाले रत्ननगर- १ वडा कमिटीद्वारा तीजको शुभकामना आदान प्रदादान,

Radio Chitwan
शनिबार, भदौ १५, २०८१

 कालिका भदौ १५ । नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा देशका विभिन्न स्थानहरू र विशेष गरी सहरी क्षेत्रमा तीज मनाउने, दर खाने, शुभकामना आदान प्रदान गर्ने, नाचगान गरेर रमाइलो गर्ने माहोल बढेको छ । विभिन्न संघ संस्थामा आबद्ध महिला दिदी बहिनीहरू राता साडी र गरगहनामा सजिएर तीज मनाउँदै गरेको देखिएको छ ।

शनिवारका दिन एक कार्यक्रमको आयोजना गरेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) रत्ननगर १ वडा कमिटीले तीजको शुभकामना आदान प्रदान गरेको छ । वडा कमिटीका महिला दिदीबहिनीहरूलाई समावेश गराउदै तीजको अवसरमा दर खादै शुभकामा आदान प्रदान कार्यक्रम गरेको हो ।

रत्ननगर वडा नं. १ कमिटीकी कार्यबाहक अध्यक्ष मिरा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य तथा चितवन क्षेत्र नं. १ की इन्चार्ज प्रभा बराल प्रमुख अतिथि रहनुभएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले हामी नेपाली हिन्दु नारीहरुले भोग्दै आएको दुःख, सुख, पीडा, हाँसो, खुसी, आँसु, कथा, व्यथालाई गीत मार्फत व्यक्त गर्दै हाँसी खुसी मनाइने यो महान पर्व तीजलाई विकृति ल्याएर बिगार्न नहुने बताइन । पर्वका नाममा हुने सबै खाले विकृतीलाई हटाउदै पर्वका सकारात्मक पक्षलाई संस्कारका रुपमा विकास गर्नुपर्नेमा जोड दिईन । 

नेकपा एमाले पार्टी केन्द्रिय सदस्य तथा बागमती प्रदेशका पूर्व अर्थमन्त्री जगन्नाथ थपलियाले समाजमा देखा पर्ने महिलामाथी हुने सबै खाले हिंसाको घटना प्रति सबैको ध्यान जानुपर्नेमा जोड दिदै समाजको सकारात्मक परिवर्तनबाट मात्र समुन्नत समाज निर्माणको लक्ष्य पार्टीले पुरा गर्ने विश्वास व्यक्त गरे । 

यस पर्वलाई उच्च, निम्न, मध्यम सबै वर्गका दिदी बहिनीहरूले कला संस्कृतिको जगेर्ना गर्दै मनाइनु पर्ने कुरामा जोड दिँदै देश तथा विदेशमा रहेका सम्पूर्ण दिदी बहिनी तथा महानुभावहरूलाई शुभकामना व्यक्त गरे । 

कार्यक्रममा नेकपा एमाले चितवनका जिल्ला कमिटी अध्यक्ष कमल पाठक, रत्ननगरका नगर कमिटी अध्यक्ष ईश्वरी प्रसाद अर्याल, प्रदेश कमिटी सदस्य तथा अनेमसंघ जिल्ला कमिटी अध्यक्ष बिमला दुवाडी, बागमती प्रदेश कमिटी सदस्य लक्ष्मी कोईराला लगाएतले शुभकामना मन्तव्य राखेका थिए । 

वडा कमिटीकी कार्यबाहक अध्यक्ष सापकोटाको अध्यक्षतामा सम्पन्न भएको  कार्यक्रममा केन्द्रिय सल्लाहकार परिसद सदस्य मायादेवी खतिवडा, प्रदेश कमिटी सदस्य तथा नगर ईन्चार्ज राजाराम रेग्मी, टिका पौडेल, जिल्ला कमिटी उपसचिव ज्वाला पुरी वन, जिल्ला कमिटी सदस्य तथा वडा ईन्चार्ज पुष्पराज जोशी, जिल्ला कमिटी सदस्य प्रताप डल्लाकोटी, सिता भेटवाल, बिन्दा कार्की, बिरञ्जना धिमिरे सापकोटा, गोकर्ण कुमारी महतो, जिल्ला लेखा आयोग सदस्य सबिन रेग्मी, नगर कमिटी सचिवालय सदस्य तथा वडा ईन्चार्ज शालिग्राम पराजुली, नगर कमिटी सदस्य तथा अनेमसंघ रत्ननगरकी अध्यक्ष चन्द्रिका महत केसी, नगर कमिटी सदस्य ज्ञान प्रसाद पौडेल, रितु गिरी, पूर्व जिल्ला लेखा आयोग सदस्य संगिता खनाल लगाएतको सहभागिता रहेको थियो । 

रत्ननगर वडा नं. १ कमिटीका सचिव तुलसी गिरीले सञ्चालन गरेको कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा नगर ईन्चार्ज राजाराम रेग्मीले स्वागत मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram